×

NMB BANK
NIC ASIA

यी व्यक्तिले विवाहमा पत्नीलाई दिए १०० पुस्तक उपहार

माघ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको केरलामा एक मुसलमान पुरुषले आफ्नी पत्नीलाई मेहरका रूपमा १०० वटा पुस्तक उपहार दिएका छन् । 

Muktinath Bank

इजास हकिम नामक ती पुरुषले आज्ना निजामसँग विवाह गरेका हुन् र मेहरमा पुस्तक उपहार दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेहरमा सामान्यतया दुलाहाले दुलहीलाई टन्न पैसा वा जिन्सी उपहार दिने गर्छन् । तर आज्नालाई पैसा, हीरा वा सुनका गहना चाहिएको थिएन । त्यसको साटो उनले इजासलाई पढ्न मन लागेको १०० वटा किताबको सूची दिइन् । 


Advertisment
Nabil box
Kumari

बेहुलीको इच्छाएको कुरा सुनेर सुखद आश्चर्यमा परेका इजासले विवाहमा सबै पुस्तक जम्मा पारे । ‘उनले दिएको सूचीमा रहेका पुस्तक जम्मा गर्न गाह्रो पर्‍यो । तर विवाह हुने दिनसम्म मैले ९६ वटा किताब जम्मा गरें,’ इजासले भने । 

Vianet communication
Laxmi Bank

उनीहरूको विवाह पुस १३ मा भएको हो । विवाहको तेस्रो हप्तामा आज्नाको दराजमा ९९ वटा पुस्तक आइसकेका छन् । सयौं पुस्तक भारतको संविधान हो र त्यो पनि आउँदैछ । 

भारतको अहिलेको राजनीतिक परिदृश्यका कारण आज्नाले देशको संविधान पढ्न जोड दिएकी हुन् । 

‘पुस्तक सूचीमा कुरान, बाइबल, भगवद्गीता, खालेद होसेनीका पुस्तक र मुराकामीका केही उपन्यास समावेश छन्,’ इजासले भने । ‘उनले नयाँ किताब नै हुनुपर्छ भनी जोड दिएकी थिइनन् । तर मैले सकेसम्म नयाँ पुस्तक खोजें । हामीले अब पुस्तक साटासाट समेत गर्नेछौं ।’

यस जोडीले आफ्नो बेडरूममा विशाल दराज राखेको छ । ‘हामीहरू पुस्तक पढ्नका लागि निश्चित समय छुट्ट्याउँदैछौं । हामीहरू आफ्ना साथी र नातेदारहरूलाई अझै धेरै किताब उपहार दिनेछौं,’ इजासले भने । 

परम्परालाई तोड्दै यसरी पुस्तक उपहार दिने कुरालाई दुवै परिवारले कसरी लिए ? इजास यसको उत्तर दिन्छन्, ‘मेहरका रूपमा मानिसहरू सुन र अन्उ बहुमूल्य वस्तु दिन्छन् । तर खासमा एक महिलाले जे चाहन्छिन् त्यसको माग गर्न सक्छिन् । हामीहरू त्यही सन्देश समाजलाई दिन चाहन्थ्यौं । अनि कसले भन्छ पुस्तकहरू बहुमूल्य छैनन् भनेर,’ इजासले भने ।

इडेक्सलाइभबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x