×

NMB BANK
NIC ASIA

श्रीमानले कुटेकी श्रीमतीको अवस्था दयनीय, उपचारका लागि रकम अभाव

माघ १०, २०७६

NTC
Sarbottam
प्रतीकात्मक तस्वीर
Premier Steels
Marvel

श्रीमान्बाट मरणासन्न हुने गरी कुटिएकी रामपुर नगरपालिका–४ गिजिनडाँडाकी १९ वर्षीया पूजा सोमै परियारको उपचारमा आर्थिक अभाव भएको छ ।

Muktinath Bank

तीन वर्ष अघि रामपुर नगरपालिका–४ गिजिनडाँडाका २४ वर्षीय भोमबहादुर सोमैसित अन्र्तजातीय विवाह गरेकी निस्दी–५ पाक्दीकी १९ वर्षीया पूजा सोमै (परियार) लाई गत असोज ८ गते राति आफ्नै पतिले मरणासन्न हुने गरी कुटेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहे गर्दाको समयमा भोमबहादुरको उमेर २१ र पूजाको उमेर १५ वर्षको थियो । उनीहरुको आपसमा माया प्रेम बसेपछि प्रेम विवाह भएको थियो ।


Advertisment
Nabil box
Kumari

पूजालाई भोमबहादुरले आफ्नो घरमा भित्र्याए पनि उनले घरमा कहिल्यै पनि बुहारीको वातावरण पाइनन् । बिहेपछि विदेश गएका भोमबहादुर गत भदौ महिनामा नेपाल आएका थिए ।

Vianet communication
Laxmi Bank

घर फर्केपछि भोमबहादुरले हरेक दिनजसो श्रीमती पूजामाथि विभिन्न शङ्का उपशङ्का गर्दै, अर्कै परपुरुषसित हेलमेल गरेको आरोप लगाउँदै कुटपिट गर्न थालेको यसअघि पूजाले आफन्तलाई बताउने गरेको आमा डिलकुमारी परियारले जानकारी दिइन ।

असोज ८ गते राति भोमबहादुरले पूजालाई मरणासन्न हुने गरि कुटेर बेहोस बनाएपछि उनका ससुराले राति नै पूजाको माइतीमा खबर गरेका थिए । पानीमा छाता ओढेर छोरीको अवस्थाबारे बुझ्नमध्ये राति बुबाआमा नै पूजाको घर रामपुर आएका थिए ।

पानी परिरहेकाले रातभरि खोजी गर्दा पनि एम्बुलेन्स पाइएन । बिहान भएपछि मात्रै पूजालाई तीन घण्टा लगाएर एम्बुलेन्समा लुम्बिनी मेडिकल कलेजमा पु¥याएको उनको बुबा लालबहादुर परियारले जानकारी दिए ।

त्यहाँ उपचार सम्भव नभएपछि असोज २९ गते बुटवलको क्रिमसन अस्पतालमा उहाँलाई लगिएको थियो । उहाँको ८४ दिनसम्म त्यहाँ उपचार हुँदा अस्पताललाई रु एक लाख ६२ हजार ४०० तिर्नुपर्ने छ । ती रकममध्ये माइती पक्षले ऋणधन गरी रु ८७ हजार ९३० भुक्तानी गरेका थिए ।

अन्य बाँकी रकम बुझाउन नसकेपछि अप्ठेरोमा परेको समाचार विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालको पहलमा अस्पतालले अन्य रकम छुट दिएको थियो । पूजा पूर्णरुपमा निको भएको छैन ।

उपचारमा आर्थिक अभाव भएपछि माइती पक्षले अहिले पूजालाई आफैं कहाँ ल्याएर राखेका छन् । छोरीको दिसापिसाब ओछ्यानमा नै हुन्छ, बोल्ने अवस्था छैन, टाउकोमा चोट छ, शरीरको दायाँ भाग चल्दैन, ढाडमा गहिरो घाउ छ । छोरीको स्याहारसुसारमै दिन बितेको पूजाकी आमा डिलकुमारीको भनाइ छ ।

पतिको कुटाइबाट पूजाको टाउको नै फुटेको र उपचारका लागि धेरै रकमको आवश्यकता पर्ने चिकित्सकले बताउँदै आएको छ । आर्थिक अभावका कारण उनको थप उपचार हुन नसकिएको पूजाका बाबु लालबहादुरले बताउनुभयो । पूजाका घरपक्षका आफन्तले एक दिन मात्र पूजाको अवस्था बुझ्न अस्पतालमा आएको र त्यसपछि फर्केर नआएको लालबहादुरको भनाइ छ ।

पूजाको उपचारका लागि अब रु एक लाख ५० हजार लाग्ने अस्पतालले बताए पनि उपचारका लागि आर्थिक समस्या रहेको छ । छोरीको उपचारका लागि पाल्पाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका पूर्वखोला गाउँपालिका तथा तानसेन नगरपालिकाको टोलटोलमा चन्दा सहयोग उठाउन हिँडे पनि चाहिए जति रकम सङ्कलन हुन नसकेको उनको भनाइ छ ।

निस्दी गाउँपालिकाको पाक्दी डाँडाभेगमा बस्दै आएका पूजाको माइती पक्षको थोरै र साँघुरो जग्गामा घर छ । दिनभरि मजदूरी गरे मात्रै साँझ बिहान खान पाइने अवस्था छ, उनको माइती पक्षको । पत्नीलाई मरणासन्न हुने गरी कुटपिट गरेको अरोपमा पूजाका श्रीमान् भोमबहादुर जिल्ला अदालत पाल्पाको कात्तिक १९ गतेको आदेशानुसार पुर्पक्षका लागि थुनामा रहेका छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x