×

NMB BANK
NIC ASIA

पुनर्निर्माणमा खटिएका प्राविधिक भूकम्पपीडितको ६ लाख उठाएर फरार

माघ ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिक नै भूकम्पपीडितको ६ लाख उठाएर फरार भएका छन् । शैलुङ गाउँपालिकामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट खटिएका सबइन्जिनियर सन्तोष स्नेही सेनले घर बनाइदिन्छु भन्दै पीडितलाई ठगेका हुन् । 

Muktinath Bank

शैलुङ–५ को काटाकुटी खत्रीटोलका तीन घरको ६ लाख असुलेर फरार भएको पीडितहरूले बताएका छन् । आफू, रामबहादुर खत्री र नारायण खत्रीलाई घर बनाइदिन्छु भन्दै पहिलो र दोस्रो किस्ताको दुई–दुई लाख लिएर फरार भएको पीडित सुन्दर खत्रीले नयाँ पत्रिकालाई बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी कामको सिलसिलामा काठमाडौं बस्थ्यौँ, सबइन्जिनियर आफैँले घर बनाइदिने भनेपछि ढुक्क भएर रकम बुझायौँ । तर, रकम जम्मा गरेर उनी फरार भए,’ सुन्दरले भने । स्नेहीले रामबहादुर र सुन्दरको घरको जग हालेर केही गाह्रो लगाए पनि नारायणको घर भने डिपिसीसम्म उठाएका थिए । 


Advertisment
Nabil box
Kumari

‘घर ठेक्का दिएदेखि पटक–पटक ताकेता गर्‍यौँ, बल्लतल्ल डिपिसी लेभलसम्म मात्रै उठाएर पैसा लिएर फरार भए,’ नारायणले भने । आफूहरूले प्राधिकरणमातहतको कार्यालयमा घटनाबारे जानकारी गराइसकेको र केही दिनमै प्रशासनमा उजुरी दिने पीडितहरूले बताएका छन् । स्नेही चैनपुर–१, बझाङका हुन् । 

Vianet communication
Laxmi Bank

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको भवन कार्यालयले भने सबइन्जिनियर स्नेही लामो समयदेखि सम्पर्कमा नरहेको र स्पष्टीकरणको जवाफ पनि नआएको भन्दै कारबाही लागि सिफारिस गरेको जनाएको छ । 

कार्यालयका सूचना अधिकारी अनन्त पौडेलले स्नेहीलाई कारबाहीका लागि केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा सिफारिस पठाएको बताए । प्राधिकरणकै अनुदान वितरण कार्यालय दोलखाका प्रमुख गणेश अर्यालले प्राविधिक व्यवस्थापन गर्ने जिम्मेवारी भवन कार्यालयको रहेको बताउँदै लाभग्राहीको पैसा ठग्नु दुःखद भएको बताए । 

शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलाल भन्छन्–बदमासी गर्‍यो भनेर सरुवा गरेको, फरार भयो 

सबइन्जिनियरले कर्तव्यभन्दा बाहिर गएर काम गरेको रिपोर्ट आएपछि वडा नम्बर १ को दुधपोखरी गाउँमा सरुवा गरिदिएँ । लामो समयदेखि ती प्राविधिक गाउँपालिकाको सम्पर्कमा आएका छैनन् । न्यायिक निकायहरूसँग सहकार्य गरेर पीडितलाई क्षतिपूर्ति दिलाउन र उसलाई कारबाही गर्न गाउँपालिका लागिपर्छ । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x