×

NMB BANK
NIC ASIA

रातो मासुको कालो धन्दा

माघ ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले भारतीय खसीबोका आयातमा कडाइ गरेको छ। पशु सेवा विभागका अनुसार तीन महिनायता भारतबाट एउटा पनि खसीबोका भित्रिएको छैन। काठमाडौंलगायत सहरमा भने भारतीय खसीबोका नै स्थानीय भनेर बिक्रीवितरण भइरहेको छ।

Sagarmatha Cement
Muktinath Bank

यसअघि दसैंताका ३०–४० हजार खसीबोका राजधानी भित्र्याइएका थिए। काठमाडौंमा सातामा ५ हजार खसी खपत हुने अनुमान छ। चौपाया व्यवसायी संघ कलंकीका अध्यक्ष जनक खड्का आफूकहाँ भारतीय खसीबोका नआएको बताउँछन्। ‘दसैंपछि वैधानिक रूपमा एउटा पनि खसीबोका काठमाडौंमा ल्याइएको छैन। चोरबाटोबाट फाट्टफुट्ट नआएका भने होइनन्’, उनी भन्छन्, ‘यसमा सरकार जिम्मेवार हुनुपर्छ। भारतबाट आउने खसीबोकामा कडाइ हुँदा चोरी भएर आउने गर्छन्।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागले २०७५ फागुन २६ गतेदेखि क्वारेन्टाइन ऐन कडाइका साथ कार्यान्वयनमा ल्याएको हो। खसीबोका नेपाल भित्र्याउन सम्बन्धित देशले नै स्वस्थ भएको प्रमाणपत्र उपलब्ध गराउनुपर्छ। क्वारेन्टाइनमा गुणस्तर प्रमाणसमेत प्राप्त गर्नुपर्छ। यो प्रक्रिया पूरा गर्न व्यापारीलाई महिनौं लाग्छ।


Advertisment
Nabil box
Kumari

भारतीय खसीबोका सहज रूपमा भित्रिन नपाएपछि नेपालको उत्पादनले बजार धान्न सकेन। त्यसपछि भारतीय खसीबोका अवैध रूपले नेपाल छिराउने र राजधानीसम्म ल्याउने काम गिरोहले गरिरहेको छ। जसका कारण राजस्व ठूलो मात्रामा नोक्सान भइरहेको छ। यति मात्र होइन, अवैध तरिकाले आउने खसीबोकाको क्वारेन्टाइन परीक्षण नहुँदा उपभोक्ताको स्वास्थ्यसमेत जोखिममा छ।

Vianet communication
Laxmi Bank

काठमाडौंमा दिनहुँ ठूलो परिमाणमा खपत हुने रातो मासु अवैध तवरले भारतबाट भित्र्याइने खसीबोकाकै हुन्छ। प्रश्न उठ्छ– भारतीय खसीबोका कहाँबाट राजधानी भित्रिन्छन् ?   पशु क्‍वारेन्टाइन कार्यालय कृष्णनगर कपिलवस्तुका एक कर्मचारीका अनुसार भारतबाट ठूलो मात्रामा खसीबोका अवैध तरिकाले कपिलवस्तुसम्म भित्रिरहेको छ। ‘हामीले भेटेसम्म नियन्त्रणमा लिइरहेका छौं तर अवैध ढंगले ल्याउने क्रम रोकिएको छैन’, ती कर्मचारी भन्छन्, ‘गिरोहले भारतबाट मासिक १० हजारजति खसीबोका भित्र्याउने गरेका छन्। यो काममा प्रहरीदेखि भेटेरिनरी डाक्टरसम्मको मिलेमतो हुन्छ।’

पछिल्ला तीन महिनामा कपिलवस्तुबाट ठूलो मात्रामा खसीबोका राजधानी भित्र्याइएको कागजपत्र अन्नपूर्णलाई प्राप्त भएको छ। पुसमा मात्रै उक्त जिल्लाबाट तीन कम्पनीले ४ हजार ८ सय ४४ वटा भित्र्याए। तीन कम्पनीमध्ये दुइटा कपिलवस्तुका होइनन्। अर्कै जिल्लामा दर्ता कम्पनीले किन कपिलवस्तुबाट मात्रै खसीबोका राजधानी पठाइरहेका छन् ? यी कम्पनीको शंकास्पद कारोबारसहितका कागजपत्र अन्नपूर्णले पाएको छ। यी कम्पनीका नाममा अन्य व्यक्तिले नै खसीबोकाको अवैध कारोबार गरिरहेको स्रोत बताउँछ। केही कम्पनीका मालिकसमेत यो काममा संलग्न रहेको ती स्रोतको दाबी छ।

हेटौंडामा दर्ता रहेको ब्रह्मबाबा सप्लायर्स, कपिलवस्तुमा दर्ता रहेको सत्यम् शिवम् कृषि तथा पशुपन्छी फर्म र चितवनमा दर्ता रहेको आरडी सप्लायर्सले रमा ट्रेड लिंक र कुमार ट्रेड लिंकका नाममा खसीबोका पठाएको देखिन्छ। कुमार ट्रेडका मालिक कुमार ेष्ठ भने यसबारे अनभिज्ञ रहेको बताउँछन्। आफूले कपिलवस्तुबाट एउटा पनि खसीबोका राजधानी नल्याएको उनको दाबी छ। आफ्नो कम्पनीको नाम, प्यान कसैले प्रयोग गरेको जिकिर उनी गर्छन्। आफू खसीबोकाको व्यापारी भए पनि अवैध कार्यमा आफ्नो हात नरहेको उनको दाबी छ।

‘यी खसीबोका मैले काठमाडौं ल्याउन लगाएको होइन। अरू कसैले मेरो नाम, कम्पनीको नाम र प्यान प्रयोग गरेका रहेछन्, म तिनीहरूलाई चिन्दिनँ’, उनी भन्छन्, ‘मैले चिनेका जतिलाई फोन गरेर मेरो कम्पनीको र मेरो नाम नक्कली रसिदमा नराख्नू भनेको छु।’

अन्नपूर्णलाई प्राप्त कागजातअनुसार पुसमा ब्रह्मबाबा सप्लायर्सबाट रमा ट्रेड लिंकका नाममा २ हजार ७ सय ५४ वटा भित्र्याइएको छ। सोही महिना सत्यम् शिवम्बाट रमा ट्रेड लिंककै नाममा १ हजार ७ सय ९० र आरडी टे«डर्सबाट कुमार सप्लायर्सका नाममा ३ सयवटा राजधानी भित्र्याइएको छ।

मंसिरमा पनि कपिलवस्तुबाटै यी कम्पनीका नामबाट ४ हजार ५६ वटा राजधानीमा भित्र्याइएको कागजपत्रले देखाउँछ। त्यसमध्ये आरडी सप्लायर्सबाट रमा ट्रेड लिंकका नाममा २ हजार ९ सय २७, सत्यम् शिवम्बाट रमा ट्रेड लिंककै नाममा ५ सय ७० र सत्यम् शिवम्बाट कुमार ट्रेड लिंकका नाममा ५ हजार ५९ वटा राजधानी भित्रिएका छन्।

नेपालमै उत्पादन भएको कागजपत्र बनाएर राजधानी भित्र्याइएका यी खसीबोका सबै भारतीय रहेको एक व्यापारी बताउँछन्। कलंकीको बजार यिनै कम्पनीका नामबाट आएका खसीबोकाले धानेको ती व्यापारीको दाबी छ। ‘भेटेरिनरीको प्रमाणपत्रमा स्थानीय नै भनिए पनि यी सबै खसीबोका भारतीय हुन्’, उनी भन्छन्, ‘नेपाली खसीबोकाले त काठमाडौंको बजार धान्नै सक्दैन। बाटोमा अनेक च्यानल मिलाएर भारतबाट खसीबोका काठमाडौं ल्याउँछन्। कहिलेकहीं उताकै व्यापारीसमेत आउँछन्।’

घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका यी कम्पनीको कारोबार मासिक करोडौं देखिन्छ। २०७६ साउन ३० गते कुल २० लाख लागतसहित दर्ता भएको सत्यम् शिवम् कृषि तथा पशुपन्छी फर्म (दर्ता नम्बर १०४६÷०७६) ले पुसमा मात्र २ करोड मूल्यका खसीबोका राजधानी पठाएको देखिन्छ। २०७२ माघ ५ गते २० लाख लागतमा स्थापना भएको आरडी सप्लायर्स (दर्ता नम्बर ६३४।०७२÷७३) ले पनि मंसिरमा ३ करोडबराबरका खसीबोका राजधानी पठाएको छ।

२०६६ चैत २३ गते ५ लाख लागतमा स्थापना भएको ब्रह्मबाबा सप्लायर्स (दर्ता नम्बर ६४३०) ले पुसमा साढे २ करोड मूल्यका खसीबोका राजधानी पठाएको देखिन्छ।

कपिलवस्तुबाट सबैभन्दा बढी खसीबोका रमा ट्रेड लिंकका नाममा आएको देखिन्छ। यो कम्पनीका सञ्चालक हुन्, चौपाया व्यवसायी संघ कलंकीका अध्यक्ष खड्का। आफ्नो कम्पनीले खसीबोका भित्र्याइरहेको उनी स्वीकार गर्छन्। ‘कसरी, कहाँबाट भित्रिरहेका छन् भन्ने मलाई जानकारी छैन। म बाहिर–बाहिर हिँड्ने भएकाले यसबारे थप कुरा थाहा छैन’, उनी भन्छन्, ‘म अफिस पुगेपछि यसबारे खोजबिन गर्छु।’ अन्नपूर्ण पोस्टमाखबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x