ससाना बालिका आफ्नै घरमा पनि आफ्नो सुरक्षा गर्न सकिरहेका छैनन् ।
अनुसन्धानका विविध निष्कर्षअनुसार बालिकामाथि यौ न हिंसा गर्ने प्रायः ठूला उमेर का आफन्त नै हुने गरेको पाइन्छ । त्यसैले बालिकालाई बाल्यकालदेखि नै अरूसँगको सम्बन्ध र यौनसम्बन्धी शिक्षाको ज्ञान दिन अति नै आवश्यक ठानिन्छ ।
अभिभावकले नै आफ्ना बालिकालाई यस् ता कुराको शिक्षा दिन आवश्यक र हे को बालमनो विज्ञले बताउँछन् ।
बालमनो विज्ञ गङ्गा पाठकका अनुसार बुबाभन्दा पनि आमाले आफ्ना सन्तानसँग केही समय दिएर यस्ता विषयमा खुलेर कुरा गर्नुपर्छ अनि मात्र बालिकाले सही र गलतका बारेमा बुझ्न सक्छन् ।
यस्तो शिक्षाको ज्ञान हामी धेरै कम घरहरूमा मात्र देख्छाँै’, उनले गुनासो गर्दै भनिन्,‘ प्रायः घर मा किताबी ज्ञानलाई मात्र बढी महत्व दिने गरिन्छ ।’ गोरखापत्र दैनिकमा खबर छ ।