कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
मुलुकमा मोबाइल प्रयोग गर्नेको संख्या बढेसँगै इन्टरनेट चलाउनेको संख्या पनि बढ्न थालेको छ । नेपाल दूरसञ्चार प्राधिकरणकाअनुसार नेपालमा मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ६३ लाख ४७ हजार ३ सय ५९ छ ।
नेपालमा सञ्चालित विभिन्न दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले इन्टरनेट सेवा प्रदान गर्दै आएका छन् । यस्ता कम्पनीले फिक्स ब्रोडब्यान्ड (वायर), फिक्स ब्रोडब्यान्ड (वायरलेस) र मोबाइल ब्रोडब्यान्ड सेवा प्रदान गर्दै आएका छन् । इन्टरनेटका लागि फिक्स ब्रोडब्यान्ड (वायरलेस) प्रयोगकर्ताको हिस्सा भने शून्य दशमलव ८० प्रतिशत छ । फिक्स ब्रोडब्यान्ड (वायर) को प्रयोगकर्ताको हिस्सा १५ दशमलव ३३ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । मोबाइलको पहुँच बढ्दै गएपछि फिक्स ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या घट्दै गएको नेपाल टेलिकम प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।
५० हजारले चलाउँछन् फोरजी
प्राधिकरणका अनुसार ४७ लाख ९१ हजार ८ सय ९६ ले इन्टरनेटको आधुनिक फोरजी सुविधा प्रयोग गरेका छन् । तर, धेरैजसोले भने थ्रिजी चलाउने गरेको तथ्यांकले देखाएको छ । चालू आवको पहिलो चार महिनाको अवधिमा १ करोड १४ लाख १८ हजार मोबाइल प्रयोगकर्ताले थ्रिजी चलाएका छन् । त्यस्तै, १ लाख ३६ हजार ५ सय ७३ मोबाइल प्रयोगकर्ताले इभिडियो चलाएको तथ्यांकमा उल्लेख छ ।
अधिकांश मोबाइल प्रयोगकर्ताले नेपाल टेलिकमको इन्टरनेट सेवा प्रयोग गर्ने गरेका छन् । तथ्यांकअनुसार ८२ लाख ७ हजार ३ सय ३८ जनाले मोबाइलमा टेलिकमको थ्रिजी चलाउँछन् । त्यस्तै, ३२ लाख ११ हजार ५ सय ५२ ले थ्रिजीका लागि एनसेलको सेवा प्रयोग गर्छन् । त्यस्तै, फोरजीका लागि एनसेलको प्रयोग गर्नेको संख्या अधिक छ । ८ लाख ३९ हजार ५ सय ८० जनाले फोरजीका लागि नेपाल दूरसञ्चारको प्रयोग गर्छन् भने ३७ लाख १३ हजार ४ सय ३१ ले एनसेलको प्रयोग गर्छन् ।
एक वर्षमा ६ प्रतिशतले बढे टेलिफोन ग्राहक
चालू आर्थिक वर्षको कात्तिक महिनासम्ममा टेलिफोनको सेवाग्राही ४ करोड २५ लाख पुगेका छन् । यो संख्या गत आवको सोही अवधिको तुलनामा ६ प्रतिशतले बढेको हो । प्राधिकरणको तथ्यांकअनुसार नेपाल टेलिकमका ग्राहक २ करोड ३६ लाख ५७ हजार १ सय ३५ पुगेका छन् ।
यो संख्या गत आवको सोही अवधिको तुलनामा १३ प्रतिशत हो । एनसेलका ग्राहक भने १ करोड ६८ लाख २१ हजार २ सय ४१ पुगेका छन् । यो संख्या गत आवको तुलनामा २ प्रतिशतले बढी हो । त्यस्तै, स्मार्ट टेलिकमका ग्राहक भने २० लाख ७५ हजार ७ सय १ पुगेका छन् । यो संख्या गत आवको सोही अवधिको तुलनामा करिब ९ प्रतिशत हो भने अन्य सेवा टेलिफोनका ग्राहक ६६ प्रतिशतले बढेर २ हजार ९ सय २ पुगेका छन् । प्राधिकरणका अनुसार ४ करोड १७ लाख ५८ हजार सिममध्ये ४ करोड ८५ हजार ८ सय १६ जिएसएम र १६ लाख ७२ हजार ३ सय ८२ सिडिएमए रहेका छन् । नयाँ पत्रिकामा खबर छ ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...