×

NMB BANK
NIC ASIA

स्वास्थ्य सेवाको बेहाल : दुर्गमको सेवामा लाग्दैनन् चिकित्सकका आँखा

माघ ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुगमका आँखाले दुर्गम नदेख्दा जाजरकोटको स्वास्थ्य सेवा समस्यामा पर्दै आएको छ । ६५ जना दरबन्दी भएको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटमा अहिले मुस्किलले कार्यालय सहयोगीसहित २३ जना स्वास्थ्यकर्मीले सेवा दिँदै आएका छन् ।

Muktinath Bank

सधैं दुर्गम मात्र भनेर सेवा दिन आनाकानी गर्ने शैलीका कारण दुर्गमको स्वास्थ्य सेवा समस्यामा पर्दै आएको हो । ४२ जना स्वास्थ्यकर्मीको दरबन्दी रिक्त भएपछि स्वास्थ्य सेवा कार्यालय करार र प्रशिक्षार्थी स्वास्थ्यकर्मीको भरमा चलिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्पतालमा ७ जना विशेषज्ञसहित पैसट्ठी जनाको दरबन्दी छ तर विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, औषधि, पूर्वाधार र उपकरण लगायतको अभाव भएपछि सामान्य बिरामीसमेत जिल्लाबाहिर गएर उपचार गराउन बाध्य छन् । अस्पताललाई ४ वर्षअघि १५ बाट ५० श्ययामा स्तरोन्नति गरिएको थियो । जनशक्ति तथा उपकरण नहुँदा अस्पताल आफैं रोगीजस्तो बनेको स्थानीयको आरोप छ । 


Advertisment
Nabil box
Kumari

स्वास्थ्यकर्मीको समायोजनले अस्पताल जनशक्तिको अभावमा गुज्रिएको हो । अहिले अस्पतालमा कार्यालय सहयोगीसहित २३ जना मात्र स्वास्थ्यकर्मी कार्यरत छन् । ८ स्टाफ नर्सको दरबन्दी रहेकामा १ जना मात्र कार्यरत छिन् ।

Vianet communication
Laxmi Bank

विशेषज्ञ चिकित्सकको दरबन्दी खाली 

स्वास्थ्य सेवा व्यवस्थापक, बालरोग, स्त्रीरोग, बेहोस बनाउने, जनरल फिजिसियन, अर्थोपेडिक सर्जन र पेडियाट्रिसियन गरी ७ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ तर कुनै पनि विशेषज्ञ चिकित्सक अस्पतालमा छैनन् । ३ मेडिकल अधिकृत र १ जना आयुर्वेद चिकित्सकको दरबन्दी पनि रिक्त छ ।

मेडिकल ल्याब टेक्नोलोजिस्ट, रेडियोग्राफी टेक्नोलोजिस्ट र स्वास्थ्य सहायक पद लामो समयदेखि खाली छ । पब्लिक हेल्थ नर्स, ल्याब टेक्निसियन, फार्मेसी सहायक, एनेस्थेसिया सहायक, ल्याब असिस्टेन्ट र ३ अहेबको दरबन्दीसमेत रिक्त रहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. रवीन भुसालले बिरामीको संख्या दिनदिनै बढिरहेको बताए । उनले भने, ‘दैनिक १५० जनासम्म बिरामी आउने गरेका छन्, दरबन्दीअनुसारको चिकित्सक छैनन्, समस्या हुँदै आएको छ ।’ स्वास्थ्यकर्मीलाई समयमै तलब र अतिरिक्त भत्ता दिन नसक्दा भएका जनशक्तिको पनि सदुपयोग हुन नसकेको उनको भनाइ छ । 

अस्पतालमा स्वास्थ्य बीमाको औषधि सकिएको र अन्य औषधि आपूर्ति नभएको उनले बताए । अहिले स्वास्थ्य बीमा गरेका बिरामीले औषधि नपाउँदा समस्या हँुदै आएको छ । उनका अनुसार प्रदेश सरकारले कर्णालीमा काम गर्ने स्वास्थ्यकर्मीलाई १३५ प्रतिशतसम्म थप प्रोत्साहन भत्ता दिने निर्णय गरेपनि स्वास्थ्यकर्मी आउने छाँटकाँट देखिएको छैन ।

कर्णाली प्रदेश सरकारले जनस्वास्थ्य, जिल्ला अस्पताल र जिल्ला आयुर्वेद औषधालयलाई एउटै कार्यालय बनाएपछि व्यवस्थापन झन् लथालिङ्ग छ । जनशक्ति पूर्ति र उपकरणको व्यवस्था नगर्दा अस्पताल नाम मात्रको बनेको अध्यक्ष बस्नेतको गुनासो छ । 

नयाँ भवनका लागि बोलपत्र आह्वान 

स्वास्थ्य सेवा कार्यालय, जाजरकोटको सेवा प्रवाह प्रभावकारी बनाउन भन्दै २ हप्ताअघि मात्र भवन निर्माणका लागि झण्डै ३१ करोडको बोलपत्र आह्वान गरिएको छ । २०३१ सालका पुराना भवन विस्थापित गरी नयाँ भवन निर्माण गर्ने उद्देश्यले बोलपत्र आह्वान गरी अबको २ महिनाभित्र निर्माणको काम शुरू हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिए । अस्पताल निर्माण गर्दा सेवा अवरुद्ध हुन नदिनका लागि २ वटा भवन कर्णाली प्रदेश सरकारको बजेटबाट निर्माण गरिएको उनले बताए ।

सेवा प्रभावकारी बनाउन एम्बुलेन्स खरिद गरिँदै 

स्वास्थ्य सेवा कार्यालयमा एम्बुलेन्स नहुँदा समस्या परेको भन्दै एम्बुलेन्स खरिदको काम शुरू गर्न लागिएको छ । २५ लाख रुपैयाँ मूल्य बराबरको एम्बुलेन्स खरिद गर्नका लागि प्रदेश सरकारले रकम  उपलब्ध गराउन लागेको निमित्त प्रमुख रबिन भुसालले जानकारी दिए । स्वास्थ्य बीमा र अन्य औषधि खरिद प्रक्रिया यही सातादेखि शुरू हुन लागेको पनि उनले जानकारी दिए ।

अझै दुर्गमको डर ? 

जाजरकोटमा विगत भएको विभिन्न रोग तथा समस्यालाई हेरेर कर्मचारीहरू आउन नमानेको विभिन्न फोरममा सुन्न पाइन्छ तर जाजरकोट सुनेको र सोचेको जस्तो दुर्गम नभई अहिले सबै ठाउँमा यातायातको सहज पहुँच, टेलिफोन सेवा विस्तार, तीनवटा राणनीतिक सडकको बीचमा रहेका छ । जाजरकोटका प्रजिअ जनकराज पन्तले भने, ‘शुरूमा जाजरकोट भन्ने बित्तिकै अलि असहज लागे पनि जाजरकोट पुग्दा हाम्रो दिमागमा जाजरकोटप्रति बनेको धारणा गलत रहेको थाहा पाए, त्यसैले यहाँ आउन पाउनु सबैका लागि भाग्य नै हो । सुर्खेत र नेपालगञ्ज ४ घण्टामा पिच सडकमा गुडेर पुग्न सकिन्छ ।’ – हेमन्त केसी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x