×

NMB BANK
NIC ASIA

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

माघ ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धादिङ, सप्तरी, बैतडी, नवलपरासी (पूर्व) र सर्लाहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। 

Muktinath Bank

प्रहरीका अनुसार धादिङ, गल्छी गाउँपालिका ६ बैरेनी बजारमा प्रदेश ३-०२००९ प ५९६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीलाई ठक्कर दिएको छ। शुक्रबार राति भएको दुर्घटनामा स्थानीय ७० वर्षीय बद्री बहादुर कार्कीको राति मृत्यु भएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ठक्करबाट गम्भीर घाइते भएका कार्कीको ६ नम्बर बाहिनी बैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


Advertisment
Nabil box
Kumari

त्यस्तै, सप्तरी, अग्निसाइर कृष्णसवरण गाउँपालिका २ सितापुरमा ना ६ ख ४०५२ नम्बरको ट्रकले बा ८९ प ५२९२ नम्बरको स्कुटरलाई शुक्रबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

Vianet communication
Laxmi Bank

 स्कुटरमा सवार धनकुटा पोखरीबास नगरपालिकाका  ४५ वर्षीय राम बहादुर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका कुँवरको उपचारको लागि सगरमाथा अञ्चल अस्पताल राजविराज लैजाने क्रमाम बाटोमै मृत्यु भएको हो । 

यसैगरी, बैतडीमा शनिबार बिहान दुर्घटना भएको छ। सूर्नया गाउँपालिका २ सिन्के लेकमा से २ त ९०१ नम्बरको ट्याक्टर शनिबार बिहान सडकबाट अन्दाजी २५ मिटर तल खसेको हो।  दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका बस्ने २६ वर्षीय दिल .बहादुर चौधरीको घट्नास्थलमै मृत्यु भएको छ।

प्रहरीका अनुसार शनिबार बिहान नवलपरासी (पूर्व) मा पनि दुर्घटना भएको छ।  बिनयी त्रिबेणी गाउँपालिका ७ साईफन चोकमा लु १ ख ७४८४ नम्बरको बसको ठक्करबाट भारत बिहार मधुवन ग्राम पंचायत बाख्रा कोलुवा टोल बस्ने ४५ वर्षीय धरम माझीको घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सर्लाहीमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ। शनिबार बिहान बागमती नगरपालिका २ मा ग १ ख ८१४० नम्बरको बसको ठक्करबाट पैदलयात्री ५२ वर्षीय छोयाङ दोर्जेको  घटनास्थलमै मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x