×

NMB BANK
NIC ASIA

ठेकेदारको हेलचक्र्याइँले सेतीको पुल अलपत्र, कारबाहीको सिफारिस गर्न मुख्यमन्त्रीको निर्देशन

माघ ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीको शिखर नगरपालिका–१० बानीडुग्रीसैनको सेती नदीमा पक्की पुलको काम तत्काल सञ्चालन गराउन निर्देशन दिएका छन्। 

Sagarmatha Cement
Muktinath Bank

पुल निर्माण शुरु गरिएको वर्षौ बितिसक्दा समेत उक्त पुलको काम पछिल्लो समय रोकिएका कारण मुख्यमन्त्री भट्टले तत्काल काम शुरु गराउन निर्देशन दिएका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडक डिभिजन कार्यालय दिपायल कुल्पतेका निमित्त प्रमुख वीरेन्द्र चन्दलाई मुख्यमन्त्री भट्टले मुख्यमन्त्री सम्पर्क कार्यालय दिपायल राजपुरमा बोलाएर पुलको काम तत्काल शुरु गराउन निर्देशन दिएका हुन्।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री भट्टले पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले काम शुरु गर्न आनाकानी गरे कारवाहीका लागि प्रदेश मन्त्रालयमा सिफारिश गर्न समेत सडक डिभिजन कार्यालयका निमित्त प्रमुख चन्दलाई निर्देशन दिए।

Vianet communication
Laxmi Bank

डिभिजन कार्यालयका निमित्त प्रमुख वीरेन्द्र चन्दले गलत लागत अनुमान तथा ठेकेदार कम्पनीको हेलचक्र्याइँका कारण पुल निर्माणमा समस्या भएको बताए। जिल्लाको सातनाली–मेल्लेक–बझाङ सडकलाई के आइसिंह राजमार्गसँग जोड्न शिखर नगरपालिका–१० बानीडुग्रीसैनको सेती नदीमाथि पक्की पुल निर्माण गर्न २०७१ असार २० गते सम्झौता भएको थियो । सम्झौताअनुसार २०७४ असार २० गतेभित्र पुल निर्माण भइसक्नुपर्ने भए पनि पुलको निर्माण अहिलेसम्म जम्मा २० प्रतिशत मात्रै भएको छ ।

मूल्य अभिवृद्धि करसहित २६ करोड २० लाखको लागतमा निर्माण हुने करीब ४०० मिटर लामो उक्त पक्की पुलका लागि डिभिजन सडक कार्यालय दिपायल कुलपातेले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। हालसम्म पुलका दायाँ र बायाँ खम्बा पनि उठाइएको छैन। 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x