२६ जेठ २०८३, मंगलबार

तोकिएकै मितिमा महाधिवेशनका लागि नेतृत्वलाई दबाब दिन आवश्यक : कोइराला

तोकिएकै मितिमा महाधिवेशनका लागि नेतृत्वलाई दबाब दिन आवश्यक : कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले तोकिएकै मितिमा महाधिवेशन हुने आशा पलाएको बताएका छन्।

कांग्रेस तनहुँद्वारा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको सहमतिले निर्धारित मितिमै महाधिवेशन हुने आशा जगाएको बताएका हुन्।

‘निर्धारित मितिमै महाधिवेशन सम्पन्न गराउनका लागि कार्यकर्ताले नेतृत्वलाई दबाब दिन आवश्यक छ,’ उनले भने।

पार्टीलाई बलियो बनाउन सबैलाई समेटेर अगाडि बढ्न र  मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) मा केही समस्या भए सुधार गरेर लैजानुपर्नेमा उनले आग्रह गरे। 

salt training

कमेन्ट गर्नुहोस्