मौसमी फ्लुको कहर : हुम्लामा ५ जनाको मृत्यु

हुम्लाको चंखेली गाउँपालिका ६ मासिधारा गाउँमा फैलिएको मौसमी फ्लुबाट पाँच जनाको मृत्यु भएको छ । 

पुस तेस्रो सातादेखि फैलिएको मौसमी फ्लु (रुघाखोकी र ज्वरो) ले उनीहरूको मृत्यु भएको हो । 


Advertisement

मृत्यु हुनेमा चंखेली गाउँपालिका ६ का ४५ वर्षीय मदन शाही, ५० वर्षीय जुनकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीया गोरी सार्की र ६० वर्षीया प्याउरी शाही रहेका छन् । 

चंखेली गाउँपालिका स्वास्थ्य शाखाका संयोजक कालीबहादुर बुढाले गाउँमा फैलिएको मौसमी फ्लुका बिरामी बढेको बताए । अन्नपूर्ण पोस्टमा खबर छ । 
 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्