×

NMB BANK
NIC ASIA

अन्तर्राष्ट्रिय भेट्रान्स फूटबलको उपाधि टी बर्गर ललितपुरलाई

माघ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरामा सञ्चालन भएको ‘तेस्रो रञ्जीत गुरुङ स्मृति तथा नवौँ बगर भाइखलक भेट्रान एट–ए–साइड’ अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिताको उपाधि टी बर्गर भेट्रान्स ललितपुरले जितेको छ ।

Muktinath Bank

बगर भाइ खलकको आयोजनामा यही माघ ६ गतेदेखि शुरु प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा टी बर्गरले घरेलु टोली एबिसी भेट्रान्स पोखरालाई २–१ गोल अन्तरले पराजित गरी उपाधिसहित रु एक लाख ११ हजार १११, ट्रफी तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्न सफल भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपविजेता बनेको एबिसीले रु ५५ हजार ५५५ मा चित्त बुझायो । टी बर्गरका लागि दुवै गोल जियाराम भुजेलले गरेका थिए । खेलको ‘म्यान अफ दी म्याच’ बन्नुभएका भुजेलले खेलको पहिलो तथा दोस्रो हाफमा एक÷एक गोल गरे भने एविसिका विजय गुरुङले दोस्रो हाफमा एक गोल फर्काए ।


Advertisment
Nabil box
Kumari

टी बर्गरका नरेन्द्र लिम्बू प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रु १० हजार तथा ट्रफी प्राप्त गरे । उत्कृष्ट गोलकिपर एविसिका रविन शाही, मिडफिल्डर टी बर्गरमा टियाराम भुजेल, डिफेन्डर एबिसीका विश्वलाल श्रेष्ठ तथा फरवार्ड टी बर्गरका शुक्र तामाङ घोषित हुँदै जनही रु पाँच हजार पुरस्कार प्राप्त गरेका छन्  ।

Vianet communication
Laxmi Bank

विजेता टोली तथा सर्वोत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, गण्डकी प्रदेशसभा सदस्य एवं सत्तारुढ नेकपाका जिल्ला अध्यक्ष कृष्णबहादुर थापा, वडाध्यक्ष, आयोजक संस्थाका पदाधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा देशका विभिन्न नौ जिल्ला र भारतका दुई टोली गरी २८ टोलीले उपाधिका लागि प्रतिष्पर्धा गरेका थिए ।

अग्रज खेलाडीको सम्मान, समकालीनलाई व्यायाम र नयाँ पिँढीलाई खेलकूद र स्वास्थ्यप्रति जागरुक बनाउँदै ४० वर्षदेखि ६५ वर्ष उमेर समूहका पाका खेलाडीको खेलबाट नयाँ पिँढीलाई खेलकूदप्रति अभिरुचि जगाई भविष्यमा देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित विसं २०६८ देखि निरन्तर खलकले प्रतियोगिता प्रतियोगिता गर्दै आएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x