×

NMB BANK
NIC ASIA

'नोवल कोरोना' संक्रमण पुष्टि नहुँदै संक्रमितलाई डिस्चार्ज, अस्पताल यस्तो भन्छ...

माघ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलन सुरु भएको कोरोना भाइरस अमेरिका, जापान, थाइल्याण्ड, दक्षिण कोरिया हुँदै अहिले नेपालसम्म आइपुगेको छ ।

Sagarmatha Cement
Muktinath Bank

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपालमा कोराना भाइरस देखिएको पुष्टि गर्‍यो। नेपालमा भने कोराना भाइरसको परीक्षण उपलब्ध छैन।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनको वुहानमा पीएचडी अध्ययनरत एकजनामा यसको संक्रमण देखिएको छ। गत जनवरी ५ मा नेपाल आएका उनलाई ज्वरो, श्वासप्रश्वासलगायत समस्या देखिएपछि जनवरी १३ मा अस्पताल भर्ना भएका थिए। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलन वार्डमा राखेर उनको उपचार गरियो। कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि रगत र र्‍यालको नुमना परीक्षणका लागि उनको रिपार्ट गत मंगलबार विश्व स्वास्थ्य संगठनको हङकङस्थित कोलाबरेटिङ सेन्टरमा पठाइएको थियो। नुमना परीक्षणका क्रममा उनमा कोराना भाइरस संक्रमणको भएको पुष्टि भयो।


Advertisment
Nabil box
Kumari

भाइरस संक्रमण आशंका गरिएका ती विद्यार्थीलाई नमुना परीक्षणकै बेलामा घर पठाइयो। उनलाई उपचारमा आएको ४ दिनमै ठीक भएको भन्दै डिस्चार्ज गरियो। यसले विभिन्न प्रश्नहरु खडा गरेका छन्।

Vianet communication
Laxmi Bank

चीन र अन्य देशले महामारीको रुपमा यो भाइरस फैलिरहेको बताउँदै निकै नै संवेदनशील भएर रोकथामका लागि परिरहेका छन्। ती देशहरुले उच्च सर्तकता अपनाइरहेका छन्। भाइरस फैलिन नदिन चीनका केही प्रान्तमा यातायात तथा उडान सेवा समेत बन्द गरिएको छ। कोरोना भाइरस प्रभावितको उपचारका लागि चीनले तीव्र गतिमा छुट्टै १ हजार शैयाको अस्पताल बनाइरहेको छ।

वुहानबाट फर्किएका ती विद्यार्थीलाई उच्च निगरानीमा किन राख्न सकिएन भन्दै अहिले प्रश्न उठाउन थालिएको छ। कोरोना भाइरस पुष्टि नहुँदै अस्पतालले उनलाई किन डिस्चार्ज दियो? डिस्चार्जपछि उनी कहाँ-कहाँ घुमे? आफ्नो परिवारको को–को सँग सम्पर्कमा आए? प्लेनमा नै आउँदा उनीबाट कतिजनालाई कोरोना सर्‌यो होला? के सरकारले उनको परिवार र उनी सवार विमानमा रहेका अन्य यात्रुको स्क्रिनिङ गरेको छ त? यी प्रश्नहरु अहिले मानिसहरु आतंकित बन्न पुगेका छन्। यदि उनीहरुमा पनि यो भाइरस फैलिसकेको हो भने नेपालमा पनि उच्च जोखिममा हुन सक्छ। यसमा अस्पतालले सामान्य रुपमा लिएर गभ्भीर लापारबाही गरेको देखिन्छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले ती बिरामीलाई त्यो भाइरसको जोखिम कम भएको दाबी गर्दै ४ दिनमा डिस्चार्ज गरिएको बताए। उनले भने,‘उनको क्लिनिकिल लक्षण क्लियर भयो। ५ दिनको एन्टिबायोटिक दियौँ अनि जोखिम पनि कम भएपछि घर पठाएका थियौँ। अहिले उनी ठिक छन् र घरमै आराम गरिरहेका छन्। हामीले निगरानीमा भने राखेका छौँ। ’

पुष्टि नभएसम्म अस्पतालको निगरानीमा राख्नुपर्ने होइन भन्ने प्रश्नमा उनले असुहाउँदो जवाफ फर्काए। उनले भने, ‘उनको ज्वरो कम भएको थियो, ज्वरो कम भएपछि भाइरस आउँदैन। भाइरसको रेप्लिकेशन हुन्छ। उनले पनि घर जाने जिद्धि गरे त्यसपछि डिस्चार्ज गरिएको हो।’

डाक्टर पाण्डेले अझैसम्मे अरुलाई यो भाइरस नसरेको दाबी गरे। भने, ‘हामीले उनको सम्पर्कमा आउने स्वास्थ्यकर्मी तथा आफन्तहरुको लिस्टिङ गर्देर्छौ। लक्षण छ छैन हामी हेर्नेछौँ। सँगै प्लेनमा यात्रा गरेर आएका मानिसहरुको पनि सोधखोज हुँदैछ। विश्व स्वास्थ्य संगठन अनि इडिसिडिले अरु पाटो हेरिरहेको छ। ’

हाल चीनबाट फर्केका सियान मेडिकल युनिभर्सिटीमा चाइना– नेपाल मेडिकल रिसर्च सेन्टरसँग आबद्ध रहेका डा राजीव झा भने यस कुरामा असहमत देखिन्छन्। उनी भन्छन्, ‘त्यसरी पुष्टि नभइन्जेलसम्म ती भाइलाई अस्पतालकै आइसोलेसन वार्डमा राख्नुपर्थ्यो। प्लेनमा यात्रा गर्दा ४–५ घण्टाको फ्लाइटमा संक्रमण भएको हुन सक्छ। नेपालकै भिडभाड एयरपोर्टमा पनि त्यतिबेला भाइरस फैलिएको हुन सक्छ। उनीहरुको अहिलेसम्म स्क्रिीनिङ भइसक्नुपर्ने हो र आइसोलेसनमा राखिसक्नुपर्ने हो। चीनमा जस्तो ठाउँमा त्यस्तो सावधानी अपनाइरहेको छ नेपालमा पनि यसमा गम्भिर हुनुपर्छ। ’उनले यो भाइरस २००३ को सार्स भन्दा १७ गुणा छिटो फैलिरहेको दाबी समेत गरे।

झाका अनुसार नेपालमा कोराना भाइरसको पुष्टि भएसँगै यसले नेपाल भ्रमण २०२० मा प्रभाव पार्न सक्ने हुन्छ। उनी भन्छन्,‘हरेक रेष्टुरेन्टदेखि होटलमा सेनिटाइजर राख्नुपर्‍यो। सफा एकदम राम्रो राख्नु आवश्यक छ। मानिसमा प्रतिरोधात्मक शक्ति बढाउनुपर्‍यो। खानामा ध्यान दिनुपर्‍यो। व्यायाम पनि आवश्यक छ।× रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ।’

तर नेपालमा भाइरस फैलिन सक्ने सम्भावना कम हुन सक्ने बताउँदै उनी भन्छन्,‘५६–५८ डिग्री सेन्टिग्रेडमा ३० मिनेटभन्दा बढी यो भाइरस बाँच्दैन। नेपालको ताफत्रमम ठिकै छ। दिउँसो घाम लागिरहेको छ तर स्क्रिनिङ चाहिँ गर्नुपर्छ।’

नेपालमा फ्लू तथा इन्फ्लुएन्जा पनि धेरै हुने गरेको छ यसको लक्षण पनि योसँगै मिल्दो जुल्दो हुने हुनाले छुट्याउन गाह्रो हुने चिकित्सकहरु बताउँछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भाइरस भित्रिन नदिन तयारी गरिरहेको जानकारी गराएको छ। मन्त्रालयले विमानस्थलको माध्यमबाट रोग भित्रिन नदिन २४ घन्टे हेल्थ डेस्कमार्पत विशेष सजता अपनाइरहेको जनाएको छ।हाल चीनबाट नेपाल आउने हरेक विमानै यात्रुलाई स्वास्थ्यसम्बन्धी फारम भरेर विमानस्थलमा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ भन्छन्,‘हामी तयारी अवस्थामा छौँ। ओपन बोर्डर, चिनियाँ फ्लाइट ,गाडीबाट आउने यात्रुहरुका लागि सुरक्षा अपनाउने काम गरिँदै छ। कोरोना भाइरसको संक्रमणका लक्षण देखियो भने हामी सिधै एयरपोर्टबाट अस्पताल ल्याउने व्यवस्था गरिरहेका छौँ।’

उनले टेकु अस्पताल भरिएको खण्डमा पाटन अस्पताल विकल्पमा राखिएको जनाउँदै ठूला अस्पताल जस्तै शिक्षण अस्पताल, वीर अस्पताल तथा अरु गैरसरकारी अस्पतालमा पनि स्क्रिनिङ तथा उपचारको व्यवस्था गरिने जानकारी गराए। प्रवक्ता श्रेष्ठका अनुसार २ जना नेपालीलाई पनि यो भाइरस देखिएको आंशका गरिएको छ। उनीहरुले अहिले टेकु अस्पतालको आइसोलेसन वार्डमा राखिएको उनले जानकारी दिए। उनीहरु दुवै चीनबाट फर्किएका हुन्।

शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ भने एक हजार २ सय ८७ जना संक्रमित भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ। कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x