उच्च सुरक्षासहित पश्चिम बंगालको यात्रामा पूर्व राजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित आइतवार भारतको पश्चिम बंगाल जाँदै छन्।

गएको मंसिर २७ गते झापा पुग्नुभएका ज्ञानेन्द्र पूर्वरानी कोमल र निजी कर्मचारीसहित पश्चिमबंगाल जान लागेका हुन् ।


Advertisement

जी सचिव सागर तिमल्सिना, एक निजी सुरक्षागार्ड, केही निजी कर्मचारीसहित पश्चिमबंगाल भ्रमणमा जाने शाहलाई सुरक्षा निकाय र उनको कारगेटसहितको टोलीले आज बिहान ११ बजे का“कडभिट्टा छाड्ने छ। 
पश्चिमबंगाल सरकारको सुरक्षासहितको टोलीले उनलाई गन्तव्यसम्म पुर्‍याउनेछ । 

कारगेटसहितको सरकारी टोलीले पश्चिमबंगाल पुर्‍याउने व्यवस्था मिलाइएको छ।


Advertisement

‘धार्मिकस्थलको दर्शन गर्ने कार्यक्रम छ’, उच्च स्रोतले भन्यो– ‘उतैको निम्तो मान्न बंगालको सिलिगढी, दार्जिलिङ, कालिङर्पाङ, सिक्किम जान लाग्नुभएको हो।’ 

शाह दम्पतीले ती क्षेत्रका नेपाली भाषी र पश्चिमबंगालका उच्च तहका नेतालाई समेत भेट्ने कार्यक्रम रहेको छ। करिब दुई साता लामा भ्रमणको कार्यक्रम छ।नेपाल समाचारपत्रमा खबर छ । 
 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्