मंसिर ४, २०८०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
लोपउन्मुख कुसुण्डा भाषाको पूर्ण वक्ता मानिएकी ज्ञानीमैया कुसुण्डाको शनिबार निधन भएको छ । लमही नगरपालिका वडा नं. ६ कुलमोहरस्थित आफ्नै घरमा उनको निधन भएको हो । उनको मृत्युपछि उक्त भाषा थप संकटमा पर्ने भाषाका बीज्ञ तथा सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् ।
‘म मरेपछि यो भाषा पनि मर्छ, बचाउनुपर्छ भनेर खुबै लाग्नु हुन्थ्यो,’ कुसुन्डा भाषाका अनुसन्धानकर्ता उदय आलेले भने, ‘उहाँको दुःखद निधन भयो । अव यो भाषालाई बचाउन झनै समस्या पर्ने छ ।’ उनको निधनले कुसुण्डाको पहिचानमा अपूर्णीय क्षती पुगेको उनले बताए ।
अनुसन्धानकर्ता आलेका अनुसार ज्ञानीमैैयाले आफ्नो घरको पेटीमा समेत कुसुन्डा भाषाको कक्षा चलाउँथिन् । साना बालबालिकादेखी भाषा सिक्न चाहने जो कसैलाई पनि उनले सहजै भाषा सिकाउन थालिन्। भाषाको अध्ययन गर्न आउनेहरू महिनौंसम्म बसेर जान्थे । उनकै आधारमा भाषा आयोगले बिशेष कक्षा समेत चलाउन सहयोग गर्यो ।
लोपन्मुख कुसुन्डा भाषाको संरक्षणमा ज्ञानीमैयाको ठूलो योग्दान छ । सरकारले उनलाई प्रमुख भाषा स्रोत व्यक्ती मानेर नयाँ पुस्तामा भाषा हस्तान्तरण गर्ने कार्यक्रम सञ्चालन गरेको आलेको कथन छ । भाषा आयोगले ज्ञानीमायालाई भाषिक वृद्धि स्वरुप मासिक तीन हजार रुपैयाँ उपलब्ध गराउदै आएको थियो ।
त्यस्तै भाषा आयोगले उहाँलाई श्रोत व्यक्ति मानेर दुई चरणको कसुन्डा भाषा कक्षा पनि संचालन भएको थियो ।
लामो समयदेखि कुसुन्डा भाषाको संरक्षणमा क्रियाशील ज्ञानीमैया बिरामी हुँदा कुसुन्डा भाषामै बर्बराउने गर्थिन्। उनका एक छोरा र दुई छोरी छन्। छोरा प्रेमको ६ वर्षअघि करेन्ट लागेर मृत्यु भयो ।
छोरीहरुको विवाह भैसकेको छ । बिरामी पर्दा छोरी ज्वाई भेट्न र उपचारको लागी खटिए। उनी बुहारी र नाति नातिनाका साथ बस्दै आएका थिइन् । दशैंमा आफूभन्दा ठूलो मान्नेजन नभएकाले आफ्नै नातिनीको हातबाट दशैको टीका समेत लगाएकी थिइन् ।
बाल्यकालको जीवन जंगलमा बिताएकी ज्ञानीमैयाले आमाबुवाबाट सिकेको कुसुण्डा भाषालाई अहिलेसम्म बचाएर राखिन्। कुसुण्डा जातिको जंगली जीवनको समाप्तिसँगै भाषा संस्कृति पनि संकटमा परेको छ ।
अब कुसुन्डा भाषा बोल्न जान्ने उहाँकी बहिनी नाता पर्ने कमला कुसुन्डा मात्रै जीवित हुनुहुन्छ । ज्ञानीमैया र कमला भेट हुदा कुसुन्डा भाषामा दोहोरो कुराकानी गर्थे। अव कमलासंग दोहोरो कुराकानी गर्ने व्यक्ती छैन।
कमलालाई भाषिक कुराहरु जनकारी भए पनि ज्ञानीमैयाँमा जस्तो पूर्ण सिप र ज्ञान नभएका कुसुन्डा भाषाको शब्दकोष प्रकाशन गरेका आलेले बताए।
आलेका दाबीमा नेपालको जनगणना २०६८ अनुसार नेपालभर दुई सय ७३ जना कुसुन्डा रहेको उल्लेख छ । स्थलगत अध्ययनको क्रममा हाल जम्मा एकसय ५४ जना मात्रै रहेको आलेले जानकारी दिनुभयो । दाङमा कुसुन्डा जातीको संख्या ७५ रहेको छ । कुसुन्डा जातीको दाङ सहित तनहुँ,कपिलवस्तु,गोरखा,अर्घाखाँची,प्युठान,रोल्पा,सुर्खेतमा बसोबास गर्ने गर्दछन ।
ज्ञानीमायाँको पार्थिव शरीरलाई अन्तिम शन्दान्जली दिन भाषा आयोगका अध्यक्ष लवदेव अवस्थी आउने र अन्त्येष्ठि गरिने परिवारिक श्रोतले जानकारी दिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...