×

NMB BANK
NIC ASIA

आधुनिक ऊर्जामा परनिर्भता

माघ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल विद्युत् प्राधिकरणका अनुसार मंगलबारको विद्युत्को माग २२ हजार ३३७ मेगावाट आवर माग रहेकोमा भारतबाट मात्र ९३१६ मेगावाट आवर आयात भयो । प्रतिशतको आधारमा यो ४० प्रतिशतभन्दा बढी हो । आर्थिक वर्ष २०७५-७६ मा १३२०.२८ गिगावाट आवर विद्युत् खपत भएकोमा ४९१.१२ गिगावाट आवर भारतबाट मात्र आयात भएको थियो ।

Sagarmatha Cement
Muktinath Bank

प्रतिशतको आधारमा यो ३३ प्रतिशतभन्दा बढी हो । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार  १३०१ मेगावाट विद्युत्मध्ये भारतबाट ५०६ मेगावाट आयात भएको छ भने बाँकी स्वदेशबाट खपत भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“माथिल्लो तामाकोसी निर्माण भएपछि हामी वर्षा मौसममा भने आत्मनिर्भर हुन्छौं, तर पूर्ण रूपमा आत्मनिर्भर हुन अर्को ६ वर्ष लाग्छ,” उनी भन्छन्, “ठूला जलाशययुक्त आयोजना निर्माण भएपछि स्वदेशी उत्पादनबाट पूर्ण आत्मनिर्भर हुन सक्ने अवस्था छ ।”सन् २०१७ को तथ्यांकले ७ प्रतिशत कोलसहित नवीकरणीय ऊर्जा ४ प्रतिशत, विद्युत् ३ प्रतिशत र १४ प्रतिशत इन्धन ऊर्जाको रूपमा उपयोग हुन्छ भने बाँकी परम्परागत ऊर्जा उपयोग नेपालमा गरिन्छ । कुल ऊर्जाको ३ प्रतिशतमात्र विद्युत्बाट उत्पादन गर्न सकेको नेपालमा त्यमध्ये पनि ६६ प्रतिशत मात्र स्वदेशी उत्पादनबाट आपुर्ति भएको छ भने बाँकी भारतकै भर पर्नुपर्ने अवस्था छ ।


Advertisment
Nabil box
Kumari

 दक्षिण एसियामै जलविद्युत्का लागि धनी देश र विश्वकै १९ राष्ट्रमा पर्ने नेपालमा कुल ऊर्जामध्ये ३ प्रतिशत मात्र विद्युत् उपयोग हुनु आफैमा लाजमर्दो छ, त्यसमाथि पनि पूर्ण रूपमा उत्पादन हुन सकेको छैन ।

Vianet communication
Laxmi Bank

अझ इन्धनमा त नेपाल पूर्ण रूपमा परनिर्भतर हुनुर्पे अवस्था छ । आर्थिक वर्ष २०७५-७६ को तथ्यांक हेर्ने हो भने डिजेलमात्र १७ लाख १७ हजार ५१७ किलोलिटर, पेट्रोल ५ लाख ६६ हजार ८६६ किलोलिटर, मटितेल २४ हजार ९३२ किलोलिटर, हवाई इन्धन २ लाख ११२ किलोलिटर तथा ग्यास ४ लाख २९ हजार ५०३ टन आयात गरिएको थियो ।

दक्षिण एसियाली सहयोग संगठन (सार्क) ऊर्जा केन्द्रको तथ्यांकअनुसार यस क्षेत्रमा ७७.९७ प्रतिशत व्यापारिक र २२.०३ प्रतिशत परम्परागत ऊर्जा खपत हुन्छ भने यसमा कोलको ५०.७६ प्रतिशत कोल र ३६.१९ प्रतिशत पेट्रोलियमको हिस्सा छ । हालै सार्क इनर्जी सेन्टरले आयोजना गरेको सार्क क्षेत्रको इन्धनबारेको सम्मेलनमा दिइएको जानकारी अनुसार पेट्रोल, आयल र लुब्रिक्यान्टमा सार्क राष्ट्रमध्ये नेपाल, अफगानिस्तान, भुटान र माल्दिभ्स शतप्रतिशत परनिर्भर छ ।

सन् २०१७-०१८ को तथ्यांकले भारतमा २०४९२२ हजार टन ग्रोस डिमाण्ड रहेकोमा घरेलु आपूर्ति २ लाख ५२ हजार ८३९ हजार टन छ भने बंगलादेशको ६ हजार ३८४ हजार टन ग्रस डिमाण्ड रहेकोमा आपूर्ति १ हजार १६६ हजार टन, पाकिस्तानको माग २९ हजार ३७ हजार टन रहेकोमा १० हजार ७४१ मात्र घरेलु तथा श्रीलंकाको ५ हजार १६८ हजार टन ग्रस डिमाण्ड रहेकोमा १ हजार ८६७ हजार टन डोमेस्टिक आपूर्ति छ ।

सार्क इनर्जी केन्द्रको तथ्यांकले सन् २०३० मा पेट्रोलियम पदार्थको रूपमा मात्र माग नेपालको ५ हजार ९८२ हजार टन पुगेपनि उत्पादन शून्य हुने तथा डिजेलतर्फ पनि ३ हजार ५४७ हजार टन माग पुगे पनि उत्पादन भने शून्य हुने देखाएको छ । नेपालको दैलेखमा इन्धन उत्पादनको सम्भाव्यता रहेको भन्दै चीन सरकारको सहयोगमा अध्ययन भइरहे पनि हालसम्म पूर्ण रूपमा परनिर्भर हुनुपर्ने अवस्था छ । अझै १० वर्ष इन्धनमा नेपाल पूर्ण रूपमा परनिर्भर हुने प्रक्षेपण सार्क केन्द्रले गरेको छ ।  काराेबार दैनिकमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x