स्तन क्यान्सरले छट्पटिदै पुम्फा, सहयोग गर्न आग्रह

तातोपानी गाउँपालिका–२ जर्मीगाउँकी ६५ वर्षीया पुम्फा दमाईले पैसा नभएपछि स्तन क्यान्सरको उपचार गराउन सकेकी छैनन्  । 

उनी  तीन वर्षदेखि क्यान्सरको पीडाले छटपटिइरहेकी छिन् ।


Advertisement

'पहिले सानो घाउ थियो, त्यही बेला उपचार भएको भए  पीडा खेप्नुपर्ने थिएन होला । घरमा कोही पनि पढेलेखेका नहुँदा आफ्नो समस्याप्रति वास्तै गरिएन," उनले गहभरि आँशु पार्दै भनिन्।

भारतमा उपचार गर्न जाँदा क्यान्सर भएको र शल्यक्रिया गर्नुपर्छ भनेपछि पैसाको अभावले उनलाई  फर्काइएको आफन्तले जनाएका छन् ।  


Advertisement

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः उपचारका लागि लैजाँदा जुम्लामा उपचार सम्भव हुने जानकारी दिइएको थियो ।

 उनकी जेठो नाति कैलाश दमाईले भने, 'उपचार भारतको लखनऊमा हुन्छ भनेका छन् । त्यसका लागि करीब रु तीन/चार लाख रकम लाग्छ । केही रकम आफूले छुट्याएपछि केही प्रतिष्ठानले सहयोग गर्ने भनेको छ । तर घरको सबै धन सम्पत्ति बेच्दा पनि रु तीन÷चार लाख रकम पुग्दैन । कसरी हजुरआमाको उपचार गरौँ ।'

उनका श्रीमान् खड्के दमाईको २० वर्ष पहिला मृत्यु भएको थियोे ।  उनको पीडामा मल्हम लगाउन अघिपछि कोही पनि छैनन् । घरमा रहेका तीन नातिको दयनीय अवस्थाले उनको उपचार सम्भव भएन । 

'घरमा छ महिना खाना पनि धौधौ छ, अब मर्नुको विकल्प छैन,' उनले भनिन्,'बाँच्ने रहर हुँदा पनि आर्थिक अभावले म गल्दै छु । सरकारले दिने गरेको सामाजिक सुरक्षाभत्ताले औषधि किन्नै ठिक्क छ । दुखाइले नछटपटिएको कुनै दिनरात छैन । '
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्