×

NMB BANK
NIC ASIA

लुकाएर ल्याइन्छ भारतीय प्याज

माघ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चालु आर्थिक वर्षमा प्याज आयातको परिमाण निरन्तर घट्दो छ । गत साउनको तुलनामा मंसिरमा पाँच गुणाले आयात घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ । 

Muktinath Bank

साउनमा ४५ करोड ९८ लाख ३० हजार रुपैयाँको १ करोड ४९ लाख २ हजार किलो प्याज भित्रिएकामा मंसिरमा ३२ लाख १७ हजार किलो मात्र आयात भएको छ । साउनभन्दा यो ७२ लाख ७५ हजार किलो कम हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतले प्याज निर्यात बन्द गरेपछि प्याजको आयात परिमाण घटेको हो । भदौमा ५४ करोड ७५ लाख ३२ हजार रुपैयाँको १ करोड ४९ लाख १६ हजार किलो प्याज आयात भएकामा ७६ लाख ३ हजार किलो घटेर असोजमा ३८ करोड ९४ लाख ६१ हजार रुपैयाँको ७३ लाख १३ हजार किलो मात्र प्याज भित्रिएको विभागको तथ्यांक छ । कात्तिकमा भने १९ करोड ९ लाख ७० हजार रुपैयाँको ४८ लाख २२ हजार किलो प्याज नेपाल भित्रिएको थियो ।


Advertisment
Nabil box
Kumari

भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाएपछि आयात घट्नु स्वाभाविक भएको भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले बताए । ‘प्रतिबन्ध लागेपछि आयात स्वाभाविक घट्छ नै,’ उनले भने, ‘तर केही परिमाणमा भए पनि भारतबाट प्याज आइरहेको छ । नेपाली स्थानीय बजारमा अहिले पनि भारतीय प्याज नै उपलब्ध छ ।’

Vianet communication
Laxmi Bank

चालु आवमा १ अर्ब ७८ करोड ८३ लाख ७ हजार रुपैयाँको ४ करोड ५१ लाख ७१ हजार किलो प्याज भित्रिएको छ । यसमध्ये भारतबाट १ अर्ब ५८ करोड १९ लाख २९ हजार रुपैयाँको ४ करोड २० लाख २० हजार किलो प्याज आएको छ । चीनबाट २ करोड ५९ लाख ९ हजार रुपैयाँको ३१ लाख ३९ हजार र नामिबियाबाट साउनमा मात्र ३ लाख ८७ हजार रुपैयाँको १२ हजार किलो प्याज आयात भएको थियो ।

अहिले भारत र चीनबाट दैनिक ४० देखि ५० टन प्याज आइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । ‘भारत सरकारले प्रतिबन्ध खुलाएको छैन,’ उनले भने, ‘अवैध बाटो भएर नै भारतीय प्याज नेपाल भित्रिरहेको छ । त्यसैले यहाँको बजारमा छिटफुट प्याज पाइरहेकै छ ।’

नेपाली भान्सामा भारतीय प्याजको विकल्पमा चिनियाँ प्याज प्रयोगमा आइरहेको उनले बताए । कालीमाटी बजारमा बुधबारसम्म चिनियाँ प्याज प्रतिकिलो ५०/६० रुपैयाँ र भारतीय प्याज १२० रुपैयाँका दरले बिक्री भइरहेको उनले जानकारी दिए । दुई महिनाअघि भारतीय प्याज २ सय रुपैयाँसम्ममा बिक्री भइरहेको थियो । त्यति बेला चिनियाँ प्याज भने १४५ रुपैयाँसम्म पुगेको थियो । चिनियाँ प्याजको तुलनामा भारतीय प्याजलाई नेपालीले बढी रुचाउने गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x