देवीघाट घोषणापत्र जारी गर्दै जुरेस गोष्ठी सम्पन्न

नुवाकोट जिल्लास्तरीय २३औँ जुनियर÷युवा रेडक्रस सर्कल गोष्ठी देवीघाट घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

विदुर नगरपालिका–५ देवीघाटस्थित शहीद जगत्प्रकाशजङ्ग शाह संस्कृति माविमा सम्पन्न भएको जुरेस गोष्ठीले छ बुँदे घोषणापत्र र सातबँुदे सुझाव प्रस्तुत गर्दै सम्पन्न भएको हो ।
 
नुवाकोटका ६६ विद्यालयका करीब २०० जुनियर÷युवा रेडक्रस सर्कलमा आबद्ध विद्यार्थी र शिक्षक नायक सम्मिलित गोष्ठीले पछिल्लो एक वर्षको काम–कारवाहीको समीक्षा र आगामी वर्षको भावी रणनीति तयार गरेको आयोजक विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकारले जानकारी दिए।
 
उनका अनुसार घोषणापत्रमा ‘जुनियर तथा युवा : विपद्मा पुर्‍याउँछन् सेवा’ भन्ने नारासहित सङ्गठन विकासलाई प्रभावकारी बनाउने, जुनियर तथा युवा रेडक्रस कोषलाई प्रभावकारी बनाउन एक सदस्यबाट वार्षिक रु पाँच सङ्कलन गर्ने, शैक्षिक संस्थाको आसपासका स्थानमा मादक पदार्थ र सुर्तीजन्य पदार्थ पूर्णरूपमा बन्देज लगाउने, सफासुग्घर विद्यालय बनाउन फोहरको वर्गीकरणअनुसार त्यसको पुनःउपयोग गरी बाँकीलाई उचित व्यवस्थापनमा सहयोग पुर्‍याउने उल्लेख गरिएको छ ।


Advertisement

घोषणापत्रमा विद्यालय पूर्ण सरसफाइ, विपद् जोखिम न्यूनीकरणका गतिविधिलाई थप प्रभावकारी बनाइने, मानव स्वास्थ्यमा असर पर्ने तयारी खाद्यवस्तु (जङ्क फुड)लाई शैक्षिक संस्था परिसरमा बिक्री नगर्न सचेत गराउने, रेडक्रसको अभिन्न अङ्ग भएको हैसियतले विश्व रेडक्रस दिवस, नेपाल रेडक्रस दिवस, जुरेस–युरेस दिवस, भूकम्प सुरक्षा दिवस, विश्व एड्स दिवस लगायतलाई महत्वका साथ मनाएर विद्यालय र समुदायमा त्यसको प्रभावकारिता वृद्धि गर्ने उद्देश्य राखिएको छ ।

रेडक्रस नुवाकोट शाखा सभापति सुरतबहादुर चित्रकारका अनुसार सर्कलमा आबद्ध विद्यार्थीलाई रेडक्रसले आधारभूत प्राथमिक उपचार तालीम प्रदान गरेर प्रत्येक विद्यालयमा एक–एक थान स्टेचर उपलब्ध गराउने, विद्यार्थीको रक्त समूह पहिचान गर्नेलगायत भावी रणनीति तय गरिएको छ ।
 
नेपाल रेडक्रस सोसाइटीको भ्रातृ संस्थाका रूपमा विद्यालयमा क्रियाशील जुनियर÷युवा रेडक्रस सर्कलले जीवनरक्षा तथा स्वास्थ सुरक्षासम्बन्धी मानवीय सेवाका साथै जनचेतना अभिवृद्धि, रेडक्रसको सिद्धान्त र मानवीय मूल्यको प्रवद्र्धन, अन्तरराष्ट्रिय कानूनको प्रचार, प्रकोप महामारीको न्यूनीकरणसहित त्यसको पूर्वतयारी, उद्धार र राहत वितरणमा सहयोगलगायत मानव सेवाका उच्चतम कार्य गर्दै आएको छ ।


Advertisement

आगामी वर्षको जुरेस गोष्ठी भदु्रटारमा रहेको कुण्डला मावि र शिक्षक नायकहरुको गोष्ठी कल्याणी मावि जिलिङले सञ्चालन गर्ने निर्णय भएको रेडक्रस नुवाकोट शाखाका सामुदायिक प्रशिक्षक समुन्द्रबाबु अधिकारीले जानकारी दिए।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्