×

NMB BANK
NIC ASIA

६ दिनमै हजार शय्याको अस्पताल बनाउन चीनसँग आखिर के छ त्यस्तो जादूयी क्षमता ?

माघ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चीनको वुहान शहरमा कोरोना भाइरस लागेका विरामीहरूको उपचारका लागि स्थानीय अधिकारीहरूले ६ दिनमा अस्पताल बनाउने घोषणा गरेका छन् । १ हजार शय्याको हुने उक्त अस्पतालमा सम्भावित संक्रमितका साथै संक्रमण भइसकेका विरामीहरूको उपचार गरिनेछ ।

Muktinath Bank

चिनियाँ सञ्चारमाध्यमहरूले ६ दिनमा उक्त अस्पताल बन्ने भन्दै शुरुवातको तस्वीरसमेत सार्वजनिक गरिसकेका छन् । स्थानीय सञ्चारमाध्यमको दाबीअनुसार २५ हजार वर्ग मिटर क्षेत्रफलमा निर्माण हुने अस्पतालको शुरूवाती चरणमा स्क्याभेटरहरूले काम थालिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२००३ मा सार्स भाइरसको संक्रमण बढेका बेलामा पनि राजधानी बेइजिङमा त्यस्तै खालको अस्पताल निकै थोरै समयमा निर्माण गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

कोरोना भाइरसको संक्रमण १ करोड भन्दा बढी जनसंख्या रहेको वुहानबाट शुरू भएको मानिएको छ । अहिलेसम्म चीनमा ८ सय भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ भने ४० भन्दा बढीको मृत्यु भइसकेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

Vianet communication
Laxmi Bank

चीनले ६ दिनमा १ हजार शय्याको अस्पताल कसरी बनाउन सक्छ त ? यस प्रश्नको जवाफमा चिनियाँ अधिकारीहरूले भनेका छन्, 'छिटो निर्णय र कार्यान्वयन गर्ने प्रक्रियालाई चीनको राजनीतिक प्रणालीले आत्मसात गरेको छ । आपतकालीन समयमा प्रशासनिक झन्झट नपर्ने गरी काम भएका उदाहरण यसअघि पनि छन् । अर्को कुरा चीनको जमिन सरकार नियन्त्रित हुने हुनाले सरकारले चाहनेबित्तिकै कुनै पनि संरचना बन्न सक्छन् ।'

चाइना ग्लोबल टेलिभिजन नेटवर्कको मिडिया रिपोर्टमा जनाइएअनुसार चीनको राजनीतिक प्रणाली पश्चिमा देशहरूको भन्दा भिन्दै हुनु पनि छिटो अस्पताल निर्माण हुनुको प्रमुख आधार हो ।

चीनको एकदलीय व्यवस्थाले लेनिनले प्रतिपादन गरेको जनवादी केन्द्रीयताको अवधारणालाई आत्मसात गरेको छ । जहाँ केन्द्र सरकारले गरेको निर्णयलाई अन्य तहमा कार्यान्वयनका लागि छिटो छरितो निर्देशन जाने गर्छ र काम हुने गर्छ ।

उक्त राजनीतिक प्रणालीले स्थानीय तहका सरकारहरूलाई केन्द्रप्रति उत्तरदायी बनाउने गर्छ । तर बेलायत, अमेरिका जस्ता देशहरूमा स्थानीय सरकारलाई स्वायत्तता प्रदान गरिएको छ ।

स्थानीय तहमा निर्वाचित भएर आउने जनप्रतिनिधिहरू केन्द्र सरकार भन्दा बढी स्थानीय जनतामाथि उत्तरदायी हुन्छन् । यसले निर्णय र कार्यान्वयन प्रक्रियालाई अप्ठेरो पार्न सक्छ ।

चीनको संविधानले जहाँसुकैको जमिन पनि केन्द्र सरकारको सम्पत्ति भएको सुनिश्चितता गरेको छ । तर उक्त जमिन जनतालाई उत्पादनका कार्यमा प्रयोग गर्न भाडामा दिइने गरिएको हुन्छ । यसको अर्थ चीनको सरकारले चाहनेबित्तिकै कुनै पनि जमिन तत्काल खाली गराउन सक्छ ।

सीजीटीएनले भनेको छ, 'यो बाहिरबाट हेर्दा त जनताको सम्पत्तिको हक विरुद्धको प्रावधान जस्तो लाग्छ तर गहिरिएर हेर्ने हो भने जनताको स्वास्थ्य या अन्य आपतकालीन विषय सरकारले समाधान गर्नुपर्ने हुनाले चीनका लागि यो प्रणाली अत्यन्तै महत्त्वपूर्ण छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x