मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पछिल्ला दिनमा कांग्रेस पार्टीभित्र निष्ठावान र इमान्दार व्यक्तिहरूलाई किनारा लगाउँदै जान थालिएको र मूल्यांकनको परिपाटी हराउन थालेको बताएका छन् ।
नेपाली कांग्रेस नेपाली बेसीशहर नगरसमिति वडा नं- १ ले लमजुङको उदिपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले निष्ठा र वैचारिक राजनीति कांग्रेसबाट हराउन थालेकाले लोकतन्त्र कमजोर हुँदै गएको बताए ।
आफू पार्टीभित्र वैचारिक ऊर्जा भर्ने अभियानमा लागेको बताउँदै नेता कोइरालाले पार्टी यतिबेला इतिहासकै कठिन मोडमा पुगेको बताए । नेता कोइरालाले पार्टीभित्र लेनदेन र भागबण्डा अझ बढेको पनि बताए ।
१४औं महाधिवेशनपछि भागबण्डा र गुटको अन्त्य हुने दाबी कोइरालाको थियो । गुटबन्दी, भागबण्डा र लेनदेनको राजनीति अन्त्यका लागि आफूले कुनै कसर बाँकी नराख्ने उनले बताए ।
कार्यक्रममा लमजुङ कांग्रेसका सभापति भेषबहादुर पौडेल, कास्की कांग्रेसका पूर्व सभापति यज्ञबहादुर थापा, तनहुँ कांग्रेसका पूर्व सभापति ध्रुव वाग्ले, खोटाङ कांग्रेसका पूर्व सभापति सुभाष पोख्रेल लगायतले वर्तमान पार्टी नेतृत्व मुलुकको परिस्थिति र कार्यकर्ताको भावनाअनुसार अगाडि बढ्न नसकेको बताए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...