×

NMB BANK
NIC ASIA

बल्ने ढुंगाको प्रलोभन देखाएर लुटेको पैसाले २२० सीसी पल्सर खरिद !

माघ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

लुटेको पैसाले २२० सीसी पल्सर मोटरसाइकल खरीद गरी फाइनान्सको किस्ता समेत तिर्दै आएको पाइएको छ ।

Muktinath Bank

५० लाख लुट्ने ६ जनालाई प्रहरीले आइतवार सार्वजनिक गर्दै उनीहरूले लुटेको पैसाले मोटरसाइकल किन्ने, फाइनान्सको पैसा तिर्ने, कोठा भाडा तिर्ने, मोबाइल किन्ने गरेको देखिएको जनाकारी दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तारकेश्वर नगरपालिका– २ काभ्रेस्थली शान्तिधाम मन्दिर जाने बाटोमा आँखामा खुर्सानीको धूलो छर्केर ५० लाख नगद लुट्ने ६ जनालाई महानगरीय अपराध अनुसन्धान महाशाखाले आज (आइतवार) पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।


Advertisment
Nabil box
Kumari

पक्राउ पर्नेमा दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङका ३८ वर्षीय वेदबहादुर भन्ने भीमबहादुर घर्ती मगर, नुवाकोट दुप्चेश्वर गाउँपालिका– ६ का ३० वर्षीय नकुर तामाङ, रसुवा आमाछोदिङ्मो गाउँपालिका– ५ का ३८ वर्षीय दावा छिरिङ तामाङ, रामेछाप मन्थली नगरपालका–९ का ३६ वर्षीय कुमारबहादुर बुढाथोकी, रसुवा उत्तरगया गाउँपालिका–२ का ३६ वर्षीय तेञ्जिङबहादुर तामाङ र रसुवा उत्तरगया नगरपालिकाकै सञ्जित वाइबा छन् ।

Vianet communication
Laxmi Bank

मेलम्ची नगरपालिका ३ घर भई हाल कामाडौं महानगरपालिका–१५ भगवानपाउ बस्ने ६३ वर्षीया बच्चुराम गुरूङलाई भीमबहादुर घर्ती मगरले मेरो हजुरबुवासँग बल्ने ढुङ्गा छ पचास लाखमा किन्न आउनुस् भनी प्रलोभन देखाएर पैसा ल्याएको बेलामा लुटेको प्रहरी अनुसन्धानमा खुल्न आएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

उनले भने– ‘बल्ने ढुङ्गा छ भनी किन्नका लागि विभिन्न प्रलोभन पारेर पैसा लुटेको देखिन्छ ।’

सञ्जित वाइबाको साथबाट २३ हजार ५ सय, तेञ्जिङ तामाङको साथबाट ५ लाख ८० हजार, भीमबहादुर घर्ती मगरको साथबाट ३ लाख ५ हजार, नकुर तामाङको साथबाट ४ लाख ३१ हजार, कुमार बुढाथोकीको साथबाट २ लाख ५ हजार र दावा छिरिङको साथबाट ३ लाख ३१ हजार गरी कुल १८ लाख ७५ हजार ५ सय रुपैयाँ बरामद गरेको महाशाखाले जनाएको छ । 

५० लाख मध्येको अन्य पैसाबाट उनीहरूले पल्सर २२० र सुनको औैठी किनेको तथा विभिन्न फाइनान्सको किस्ता तिरेको अनुसन्धानमा खुल्न आएको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्र अलौकिक चिजवस्तु बल्ने ढुङ्गा, वनझाँक्रीको हड्डी, गौलोचन, एकमुखे रुद्राक्ष, दाहिने शंख, नक्कली सुन, नक्कली डलर, पुरातात्विक सामान लगायतका चिजवस्तुहरू आफूसँग छ भनी खरिदका लागि एकान्तमा बोलाइ समूहमा मिली लूटपाट तथा डकैती गर्ने गरेको अनुसन्धानबाट देखिएको महाशाखाका प्रवक्ता सिंहले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x