×

NMB BANK
NIC ASIA

अग्निको 'फ्ल्यासब्याक' - ठोकर्पा भीडन्तमा एम १६ को तीन गोली लागेर पनि बाँचेका थिए !

माघ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अग्निप्रसाद सापकोटा प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।

Muktinath Bank

आइतवार जेष्ठ सांसद महन्थ ठाकुरको अध्यक्षतामा बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो । सापकोटा सभामुखका लागि एकल उम्मेदवार थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्तारूढ दल नेकपाले गत माघ ५ गते सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । यौन दुर्व्यवहारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराले असोजको पहिलो साता राजीनामा दिएपछि प्रतिनिधि सभा सभामुखबिहीन बनेको थियो ।


Advertisment
Nabil box
Kumari

अध्यक्षद्वयको अन्तरसंघर्षका कारण सभामुख उम्मेदवारका सम्बन्धमा नेकपा लामो समयसम्म अनिर्णित रहेपछि संसदीय प्रक्रिया नै प्रभावित बन्न पुगेको थियो । सभामुख चयनमा कुरा नमिलेपछि पुस ४ गते बोलाइएको संसदको हिउँदे अधिवेशन एक महिनाभन्दा बढी स्थगित भएको थियो ।

Vianet communication
Laxmi Bank

को हुन्सापकोटा ?

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी  नगरपालिका वडा नम्बर ४ कुभिन्डेका स्थायी बासिन्दा अग्निप्रसाद सापकोटा उमेरले आगामी फागुनमा ६२ वर्ष टेक्दैछन् ।

उनका बुबा धनपति सापकोटा र आमा तिलमाया सापकोटा हुन् ।

अग्निका श्रीमती र तीन छोरा छन् । २०७४ सालको आमनिर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सापकोटा अहिले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य छन् ।

पार्टी एकीकरण नहुँदासम्म तत्कालीन माओवादी केन्द्रमा कार्यालय सदस्य रहेका थिए । २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी एकीकरण भएपछि भने उनको घटुवा भयो ।

सापकोटा अहिले स्थायी कमिटी सदस्य छन् ।

सापकोटाले सिन्धुपाल्चोककै श्रीकृष्ण विद्याश्रमबाट एसएलसीसम्मको अध्ययन गरेका थिए । एमएसम्मको अध्ययन गरेका सापकोटाले एसएलसीपछि सबै तह प्राइभेट अध्ययन गरेको संसद् सचिवालयमा रहेको उनको परिचयात्मक भिडियोमा उल्लेख छ ।

सापकोटाले २०२९ सालदेखि विद्यार्थी राजनीति शुरू गरेका थिए । २०३२ सालमा उनी शिक्षक भए ।

त्यसपछि उनी शिक्षकको राजनीतिबाट उदाए । २०३६ सालको जनमत संग्रहपछि सापकोटा शिक्षक संघर्ष समितिको केन्द्रीय उपाध्यक्ष हुँदै महासचिवसम्म बने ।

२०४८ सालमा सापकोटाले शिक्षकबाट राजीनामा गरेर पूर्णकालीन राजनीतिमा होमिए । त्यसपछि उनी जनमोर्चाको केन्द्रीय सदस्य बने ।

२०५१ सालमा गठन भएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा केन्द्रीय सदस्यका रूपमा आएपछि २०५२ साल फागुन १ गतेबाट शुरू भएको जनयुद्धमा उनी भूमिगत बने ।

बढी विचार गर्ने र कम बोल्ने नेताका रूपमा उनले तत्कालीन माओवादीभित्र आफ्नो प्रभाव विस्तार गर्दै लगेका थिए ।

सापकोटालाई हेटौंडा महाधिवेशनले पोलिटब्यूरो सदस्य बनायो भने विराटनगर सम्मेलनले स्थायी समिति सदस्य बनायो । '२०६२ सालको ठोकर्पामा भएको भीडन्तमा मेरो शरीरमा एम १६ को ३ वटा गोली लागेको थियो,' सापकोटाले आफ्नो परिचयात्मक भिडियोमा भनेका छन् ।

उनी शिक्षक संघर्षका सन्दर्भमा पटक-पटक जेल बसेका नेता हुन् ।

२०४२ साल वैशाखमा तत्कालीन पञ्चायती सरकारले उनलाई गिरफ्तार गरेर ५ महिना जेल राखेको थियो । सापकोटा भन्छन्, 'जेल जाने–आउने काम नियमित जस्तै थियो मेरा लागि ।'

सिन्धुपाल्चोकले उनलाई दुईपटकको संविधान सभा निर्वाचन र त्यसपछिको आम निर्वाचनमा जिताएर काठमाडौं पठाएको छ । पहिलो र दोस्रो संविधान सभामा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका सापकोटा २०७४ सालको आम निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी बनेका थिए ।

सापकोटा दुईपटक मन्त्रीसमेत बनेका छन् । २०६८ सालको वैशाखमा सूचना तथा सञ्चारमन्त्री बनेका सापकोटा २०७२ सालको कात्तिकमा वन तथा भू-संरक्षणमन्त्री बनेका थिए ।

सापकोटालाई नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सभामुखमा प्रस्ताव गरेका थिए । नेम्वाङले अन्य कसैको उम्मेदवारी नपरेको अवस्थामा सापकोटा उपयुक्त पात्र रहेको पुष्टि भएको बताए ।

नेम्वाङको प्रस्तावलाई समर्थन गर्दै नेकपाकी नेतृ ओनसरी घर्तीले तीन दशकभन्दा बढी राजनीतिक तथा शैक्षिक क्षेत्रको नेतृत्वमा रहेका सापकोटालाई आफूले नजिकबाट चिनेको बताइन् ।

'सर्वसम्मतिको अवस्थाप्रति खुसी व्यक्त गर्दै सबैलाई धन्यवाद दिन चाहन्छु,' घर्तीले भनिन्, 'शान्तिप्रक्रियाका बाँकी काम सम्पन्न गर्न सबैलाई एकै ठाउँमा उभिने अवस्था सिर्जना भएको छ । संक्रमणकालीन न्यायलाई निचोडमा पुर्याउनुपर्ने जिम्मेवारी पनि सहज ढंगबाट पूरा हुनेछ भन्ने अपेक्षा व्यक्त गर्दछु ।'

सापकोटाले आफ्नै परिवारका तीन सदस्य गुमाएको घर्तीले स्मरण गरिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x