कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भारत तथा तेस्रो मुलुकबाट आउने विलासी गाडीहरुको आयातमा कमी आएपछि वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय (ड्राइपोर्ट) लाई चालू आर्थिक वर्षमा लक्ष्य भेट्टाउन चुनौती थपिएको छ ।
कार्यालयले चुनौतीको सामना गरिरहेको बेला भन्सार विभागले बर्सेनि राजश्व सङ्कलन गर्न वार्षिक लक्ष्य बढाउँदै लगेको छ ।
चालू आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तसम्म कार्यालयले रु २१ अर्ब ८८ करोड पाँच लाख चार हजार राजश्व सङ्कलन गर्ने लक्ष्य पाएको तर उक्त अवधिमा लक्ष्यको तुलनामा सडक संभार दस्तुरसहित ८९ दशमलव ५५ प्रतिशत अर्थात रु १९ अर्ब ३९ करोड ५१ लाख ३३ हजार मात्र राजश्व सङ्कलन गर्न सकेको कार्यालयका सूचना अधिकारी जगदीशकुमार पुर्वेले बताए ।
गत आवको पुस मसान्तभन्दा चालु आवको सो अवधिमा उक्त कार्यालयलाई ३३ प्रतिशत राजश्व उठाउने लक्ष्य थपिए पनि महँगा तथा विलासी गाडी आयातमा कमी आएको, बैंक तथा वित्तीय संस्थाले गाडी खरिदमा ५० प्रतिशत मात्र लगानी गर्ने गरेको तथा तेस्रो मुलुकबाट आउने गाडीको आयातमा कमी आएकाले वार्षिक लक्ष्य भेट्टाउन चुनौती थपिएको कार्यालय प्रमुख उमेश श्रेष्ठले बताए ।
पाम आयलको निकासीले १५ प्रतिशत राजश्व थपिन्थ्यो तर भारत सरकारले पाम आयल, इनर्जी ड्रिङ्क लगायतका सामानको निकासीमा रोक लगाएपछि वार्षिक लक्ष्य प्राप्त गर्न समस्या हुने सुचना अधिकारी पुर्वेको भनाइ छ ।
भन्सार विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई चालू आवका लागि राजश्व उठाउने वार्षिक लक्ष्य रु ४१ अर्ब ८८ करोड पाँच लाख चार हजार दिएको छ ।
सो अन्तर्गत भन्सारतर्फ रु १९ अर्ब २२ करोड ९० लाख ४८ हजार, मुल्य अभिवृद्धि करतर्फ रु १९ अर्ब ४० करोड छ लाख २६ हजार तथा अन्तःशुल्कतर्फ रु तीन अर्ब २५ करोड आठ लाख २९ हजार राजश्व उठाउनु पर्नेछ ।
कार्यालयले गत आवमा रु ३६ अर्ब नौ करोड ३३ लाख दुई हजार राजश्व उठाउने लक्ष्य पाएकामा ८९ दशमलव ३६ प्रतिशत राजश्व असुल गरेको थियो ।
चालू आवको पहिलो छ महिनामा कार्यालयले लक्ष्यभन्दा करिब रु तीन अर्ब कम राजश्व उठाएकाले यही अवस्था रहेमा लक्ष्य भेट्टाउन धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...