×

NMB BANK
NIC ASIA

विदेशको अनुभव स्वदेशलाई, सार्वजनिक यातायातमा डस्टबिन

माघ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सार्वजनिक सवारी साधनबाट फालिने फोहरले सडक, सहर र बस्ती दुर्गन्धित बन्दै गइरहेको गुनासो आइरहेका बेलामा बुटवलमा एउटा नयाँ अभियान शुरू भएको छ ।

Muktinath Bank

सार्वजनिक सडक पेटी तथा चोकहरुमा जथाभावी फोहर नफाल्न आग्रह गर्दै नागरिकस्तरबाट स्थानीय सरकारको सहयोगमा बुटवलमा नमूना अभियान शुरू भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'विदेशको अनुभवलाई स्वदेशलाई' भन्ने नाराका साथ शुरू गरिएको अभियानको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नागरिकस्तरबाट शुरू भएको अभियानले स्थानीय तहलाई थप जिम्मेवार र जवाफदेही बनाउने काम गरेको बताए  ।


Advertisment
Nabil box
Kumari

स्वच्छ, सुन्दर र हराभरा सहर निर्माणमा सबैको सहकार्यको खाँचो रहेको उल्लेख गर्दै प्रमुख सुवेदीले उत्साहित नागरिक समाज, लेखक र विश्लेषकहरुको सकारात्मक सहकार्यले नै परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

बुटवल र यसक्षेत्रका लेखक, विश्लेषक तथा पत्रकारहरुको एउटा समूहले बुटवल उपमहानगरपालिकाको सहयोगमा यसक्षेत्रमा सञ्चालन हुने सार्वजनिक सवारी सधानहरुबाट यसखालको अभियान सुरु गरेको हो ।

विभिन्न रुट र क्षेत्रमा आउजाउ गर्ने सार्वजनिक यातायातका साधन र तिनका मजदुर तथा यात्रुलाई बसभित्रबाट फोहर जथाभावी बाहिर नफाल्न आग्रह गर्दै बस भित्रै फोहर संकलन गर्न निशुल्क डष्टविनसमेत वितरण गरिएको समन्वयकर्ता उपभोक्ता हीत संरक्षण मञ्च प्रदेश ५ का कोषाध्यक्ष एवम् विश्लेषक ऋषि आजादले जानकारी दि ।

हालै मित्रराष्ट्र चीनको भ्रमणमा गएर आएका यहाँका लेखक, विश्लेषक तथा पत्रकारहरुले बुटवल उपमहानगरपालिकाको सहयोगमा यसखालको अभियान सुरु गरिएको विश्लेषक आजादको भनाइ छ ।

बुटवल ट्राफिकचोकमा आयोजित उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख सुवेदीसहित, वडा नं. ६ का अध्यक्ष जगदीशचन्द्र आचार्य, वडा १ का अध्यक्ष महेन्द्रप्रसाद लिगल, पश्चिम नेपाल बस व्यवसायी प्रा.लिका अध्यक्ष दधिराम खरेल, उपभोक्ता हीत संरक्षण मञ्च प्रदेश नं. ५ की सदस्य सरास्वती ढकाल, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतमलगायतले अभियानमा सहभागिता जनाए  ।

यस्तै समाजसेवी तथा यातायात व्यवसायी नारायणप्रसाद घिमिरे, यातायात मजदुर संगठनका केन्द्रीय सदस्य तथा तिनाउ बुटवल सरसफाई अभियानका संयोजक ठाकुर गैरे, युवा लेखक मेघराज भट्टराई, ट्राफिक प्रहरी हवल्दार थम्मन पराजुली, कृष्ण घिमिरेलगाएतले माईक्रो बसमा डस्विन वितरण गर्दै अभियानलाई विस्तार गर्नुपर्नेमा जोड दिए  ।

पहिलोचरणमा यहाँका ८० वटा सार्वजनिक बसहरुमा फोहर संकलनका लागि डष्टविन वितरण गरिएको कार्यक्रम संयोजक तथा अभियानकर्ता प्रदीप आचार्यले जानकारी दिनुभयो । सुरुवाती चरणमा छोटो दुरीमा चल्ने माईक्रो बसमा डस्विन वितरण गरेको नगरपालिका, निजी क्षेत्र र यहाँका अरु पालिकाहरुको सहकार्यमा अभियानलाई विस्तार गरिने कार्यक्रम सञ्चालक तथा अभियानकर्ता अमृत गिरीले बताए  ।

बस व्यवसायीको सहकार्य

विदेशको अनुभवलाई स्वदेशलाई भन्ने अभियानमा पश्चिम नेपाल बस व्यवसायी प्रा.लिले सहकार्य गर्नेभएको छ । उक्त प्रालिका अध्यक्ष दधिराम खरेलले अब प्रालिले आफै पनि डस्विन वितरण गर्ने र सडकपेटी सरसफाईको अभियानमा सरिक हुने प्रतिबद्धता जनाए  ।

  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x