अरुण जलविद्युत् आयोजनास्थलमा बम विस्फोट, आशंका विप्लवमाथि

प्रतीकात्मक तस्वीर

सङ्खुवासभा जिल्लामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा आइतवार बम विस्फोट भएको छ ।

चिचिला गाउँपालिका–३ स्थित आयोजनाको जलविद्युत्गृह छेउमा भएको विस्फोटमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताको संलग्न रहेको आशङ्का गरिएको छ ।


Advertisement

बम विस्फोटबाट अरुण तेस्रोले राखेको जेनेरेटरमा क्षति पुगेको छ ।

कुकर बम पड्किँदा जेनेरेटर नजीकै पर्खालमा पनि क्षति पुगेको छ ।


Advertisement

प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन । घटनास्थलमा कुकरका टुक्रा भेटिएका छन् ।

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्