'पुराना मित्र' भन्दै बाबुरामले दिए सापकोटालाई बधाइ, रबरस्ट्याम्प नबन्न सुझाव

समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई 'पुरानो मित्र'भन्दै बधाइ दिएका छन् ।

प्रतिनिधि सभाले सापकोटालाई निर्विरोध रूपमा सभामुख चयन गरेपछि सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले रबरस्ट्याम्प नबन्न समेत सुझाव दिएका छन् ।


Advertisement

'पुराना मित्र मा. अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाइ तथा शुभकामना !' भट्टराईले भनेका छन्, 'सभामुख सत्तापक्षको निरीह रबरस्टाम्प हैन पूरै सदनको साझा नेता हो र दमननाथ ढुंगानाले स्थापित गरेको नजीरअनुसार मुख्यत: प्रतिपक्षको अभिभावक हो भन्ने ख्याल रहोस् !'

सभामुख निर्वाचन कार्यक्रम सम्पन्न भएपछि भट्टराई निस्केर ढोकामै पुग्न लाग्दा सापकोटा दगुर्दै गएर उनीसँग हात मिलाएका थिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्