ठाकुरबाबामा जंगली हात्तीको आतंक, तीन घर भत्कायाे

बर्दियामा ठाकुरबाबा नगरपालिका वडा नं ६ वनखेत गाउँमा जंगली हात्तीले  आतंक मचाउँदा तीन घर भत्काउनुका साथै सम्पत्ति नष्ट गरेको छ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको जंगली हात्तीले निकुञ्ज आसपास गाउँ पसी बेलाबेला छेउछाउका घर भत्काउनुका साथै सम्पत्ति नष्ट गर्दै आएका छन् । 


Advertisement

ठाकुरबाबा नपा– ६ वनखेत बस्ने चन्द्रकली आचार्यको कच्ची घर फोरेर अन्दाजी २० क्विन्टन धान नष्ट गरेको छ।

त्यसैगरी सोही स्थानका जेगरुपी थारुको घर पनि भत्काएको छ भने अन्न एवं धनमाल नष्ट गरेको छ । सोही गाउँ बस्ने कुटु थारुको खरले छाएको कच्ची घर पनि हात्तीले भत्काएको सशस्त्र प्रहरीले हवल्दार सागर ढकालले जानकारी दिए।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्