फागुन १५, २०७४
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
कुनै बखत औषधि राख्ने गरिएको गोदाममा अब सिक्का टङ्कण गरिने भएको छ । नेपाल औषधि लिमिटेडको त्यो गोदाममा नेपाल राष्ट्र बैङ्कअन्तर्गतको टक्सार महाशाखाले सिक्का टङ्कण गर्ने भएको हो ।
धरहरा क्षेत्र विस्तार योजनाका कारण टक्सार महाशाखा विस्थापित भएर बबरमहलस्थित नेपाल औषधि लिमिटेड भवनमा पुगेको छ । महाशाखा अहिले भवनको केही कोठामा कुँजिनुपरेको छ भने जेनतेन गोदामको आधा हिस्सा पाउने अवस्था बनेको छ ।
त्यसबापत महाशाखाले औषधि लिमिटेडलाई भाडा तिर्नुपर्ने हुन्छ । गत मङ्सिर १ गतेबाट बबरमहलमा सरेको महाशाखा टकमरी मेसिन जडान हुन नसक्दा सिक्का टङ्कण गर्ने कार्य ढिलाइ भएको हो ।
महाशाखाका कायम मुकामय निर्देशक थानेश्वर आचार्यले भने, “सिक्का टङ्कण काम बन्द भएको तीन महिना भयो । ”
सिक्का टङ्कण कार्य गत कात्तिकदेखि बन्द भएको हो । दशकदेखि चलन चल्तीका सिक्का टङ्कण गर्न बन्द गरेको टक्सार महाशाखाले अचेल स्मारिका सिक्का, सुनको असर्फी र मेडालियन (मूल्य अङ्कित नगरिएको विशेष सिक्का) टङ्कण गर्दै आएको छ । महाशाखामा टङ्कण गर्नुभन्दा आयात गर्दा सस्तो पर्ने भएकाले चलन चल्तीमा रहेका एक, दुई, पाँच र १० दरका सिक्का विदेशबाटै आयात गरिन्छ ।
महाशाखासँग सिक्का टकमरी गर्ने ७० भन्दा बढी टकमरी मेसिन छन् । धरहरा विस्तार गर्ने योजना अगाडि बढाइएपछि कतिपय मेसिनका अस्थिपञ्जर भताभुङ्ग अवस्थामा छ भने कतिपय त्यत्तिकै थन्क्याइएको छ ।
महाशाखाले धरहरामा टक्सार सङ्ग्रहालय निर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई २३ वटा पुराना मेसिन हस्तान्तरण गरिसकेको छ । बाँकी रहेका ५० थान मेसिन प्रयोगमा आउने अवस्थाका छन् र तिनलाई बबरमहलमा ल्याइने भएको छ । धातु पगाल्ने, पेल्ने, चक्का तयार गर्ने, पालिस गर्ने र टङ्कण गर्ने मेसिन छन् । सुन्धारामा करिब ११ रोपनी जग्गा टक्सारको थियो । गोरखापत्र दैनिकमा खबर छ ।
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...