×

NMB BANK
NIC ASIA

हिजो दिनभर : सभामुखमा सापकोटा निर्विरोध निर्वाचित, प्रदेश २ को राजधानी जनकपुरधाम सर्वसम्मत !

माघ १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा 

Muktinath Bank

प्रतिनिधि सभाको सभामुखमा नेकपा सांसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभामा सभामुखका लागि एकमात्र प्रस्ताव परेकाले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा सभाको अध्यक्षता गरेका जेष्ठ सदस्य महन्थ ठाकुरले गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

त्यसअघि सापकोटालाई सभामुखमा प्रस्ताव गर्दै पूर्वसभामुख सुवासचन्द्र नेवाङले उनी सभामुखका लागि योग्य रहेको बताए ।

Vianet communication
Laxmi Bank

नेम्वाङको प्रस्तावलाई पूर्वसभामुख ओनसरी घर्ती मगर, नेकपा प्रमुख सचेतक देवप्रसाद गुरुङ र राजपाका लक्ष्मणलाल कर्णले समर्थन गरे ।

सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि असोज १४ गतेयता प्रतिनिधि सभा सभामुखविहीन थियो ।

एकै पार्टीबाट सभामुख र उपसभामुख हुन संवैधानिक अड्चन देखिएपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पनि गत साता राजीनामा दिएकी थिइन् ।

सभामुख र उपसभामुख दुवैको राजीनामापछि जेष्ठ सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गरेका हुन् ।

सभामुख निर्वाचन सम्पन्न भएसँगै अब केही दिनमा उपसभामुख चयनको प्रक्रिया शुरू हुने संसद् सचिवालय स्रोतले जनाएको छ ।

प्रतिनिधि सभाको अर्को बैठक माघ १४ गते मंगलवार बस्नेछ ।

प्रदेश २ को राजधानी जनकपुरधाम संसदीय विशेष समितिमा सर्वसम्मत, नामबारे ३ विकल्पमा छलफल

प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरधाम नै कायम हुने भएको छ । प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउने सन्दर्भमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिमा प्रदेशको राजधानी जनकपुर तोक्ने सहमति जुटेको हो ।

राजधानी जनकपुर नै कायम गर्ने निर्णय समितिमा सर्वसम्मतिले पारित भएको समिति संयोजक समेत रहेका सभामुख सरोजकुमार यादवले लोकान्तरलाई जानकारी दिए । समितिले प्रदेश राजधानीको सीमा पनि टुंगो लगाएको छ । यो प्रस्ताव प्रदेशसभाको दुईतिहाइ बहुमतले पारित गरेपछि राजधानीको अन्तिम टुंगो लाग्नेछ ।

उत्तरमा धनुषाको मिथिला नगरपालिकाको ढल्केवर, दक्षिणमा भारतको अन्तर्राष्ट्रिय सीमा तथा पूर्व र पश्चिमतर्फ मिथिला माध्यमिकी परिक्रमा क्षेत्रसम्म राजधानीको सिमाना तोक्ने सहमति जुटेको छ,’ सभामुख यादवले भने, ‘समितिमा सर्वसम्मतिले उक्त प्रस्ताव पारित गर्न सफल भएका छौं ।’

विभिन्न दलका प्रस्तावक तथा समर्थक, प्रस्तावका संशोधनकर्ता समेतलाई बोलाएर छलफल गरी उक्त निर्णयमा पुगिएको सभामुख यादवले बताए । पारित भएको प्रस्ताव नेकपा, समाजवादी र राजपाले दर्ता गरेका थिए भने नेपाली कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाभित्र राजधानी हुनुपर्ने प्रस्ताव गरेको थियो ।

‘भोलि भविष्यमा राजधानी भएका कारण जनकपुरधाम उपमहानगरबाट महानगरमा परिणत हुने हुँदा उपमहानगरभित्र सीमित गर्न हुँदैन भनेर कांग्रेसलाई मनाउन सफल भयौं,’ सभामुख यादवले भने ।

उक्त समितिमा उपसभामुख उपमा देव, नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, सांसद रामकुमार यादव, नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव र सांसद नरेश यादव, समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्रकुमार यादव र संसदीय दलका उपनेता रामआशिष यादव, राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह र सांसद रानी शर्मा तिवारी तथा नेपाल संघीय समाजवादीकी सांसद सावित्रीदेवी साह सदस्य छन् । 

प्रदेशको राजाधानी र नाम सम्बन्धमा विभिन्न दलका सांसदहरूले प्रदेश सभामा भदौ ५ गते प्रस्ताव दर्ता गरेका थिए । प्रस्ताव दर्ता भएपछि प्रदेश सभाको बैठकबाट नै सभामुख यादवको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति गठन गरिएको थियो ।

प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार काम शुरू गरेको मितिले १ महिनाभित्र उक्त विशेष समितिले प्रतिवेदन प्रदेश सभामा पेश गर्नुपर्ने थियो । 

गत पुस ११ गतेदेखि काम थालेकोमा यही माघ ११ गते (शनिवार) एक महिना पूरा भएको छ । समिति प्रदेशको नामका सम्बन्धमा भने टुंगोमा पुग्न सकेको छैन । 

‘प्रदेश सभाको बैठक नै लामो समयदेखि बस्न नसकेका कारण समितिको म्याद थप्न सकिएको छैन,’ सभामुख यादवले भने, ‘प्रदेश सभाको बैठक शुरू भएपछि समितिको म्याद थपिनेछ ।’

नामका लागि पनि माघ १३ गते सोमबार बैठक बोलाइएको छ । प्रस्तावक, समर्थक र संशोधनकर्ता समेतलाई बैठकमा बोलाइएको उनले बताए । 

‘छिट्टै बैठकमा सबै पक्षलाई राखेर नामको सबालमा समेत सर्वसम्मति जुटाउने प्रयास गर्नेछौं,’ सभामुख यादवले भने, ‘जसरी राजधानीमा सर्वसम्मति भएको छ, त्यसैगरी नामको विषय पनि सर्वसम्मतिले नै पारित हुनेमा मलाई पूर्ण विश्वास छ ।’

समितिको बैठक पुस ११ गते, पुस १५ गते, पुस १७ गते र माघ १० गते गरी ४ पटक बसिसकेको छ । सत्ता पक्षधर समाजवादी र राजपाले मधेश प्रदेश, नेकपाले जानकी प्रदेश र कांग्रेसले मिथिला–भोजपुरा प्रदेश प्रस्ताव गरेका छन् । यही ३ प्रस्तावमा केन्द्रित भएर छलफल भइरहेको छ ।

प्रदेश सभा गठन भएको यही माघ २१ गते २ वर्ष पूरा हुँदैछ । दोस्रो वार्षिकोत्सव मनाउने समय आउँदा पनि प्रदेश सभाले प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाउन सकेको छैन । माघ २१ भित्रै नसकिए पनि माघ महिनाभित्र प्रदेशको नाम र स्थायी राजधानीको विषय प्रदेश सभाबाट टुंगो लाग्ने सभामुख यादव बताउँछन् ।

सभामुख यादवका अनुसार संसदीय समितिले पारित गर्ने प्रतिवेदन प्रदेश सभाको बैठकमा लगिनेछ र त्यस प्रतिवेदनको प्रस्तावउपर मतदान हुनेछ । 

दुईतिहाइ बहुमतले प्रस्ताव पारित भएपछि नामाकरण र राजधानी टुंगो लाग्नेछ । 

प्रदेश २ मा कुल १ सय ७ सांसद छन् । अन्य प्रदेशमा नेकपासँग दुईतिहाइ बहुमत भएपनि प्रदेश २ मा कम्तिमा ३ दल मिल्नुपर्ने बाध्यात्मक अवस्था छ ।

नेपालको माटो सुहाउँदो समाजवादका विषयमा बहस गरौँ - वामदेव गौतम

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले पार्टीले कार्यकर्ताका लागि हालै जारी गरेको आचारसंहिता संस्कृति सुधारमा एक पहल भएको बताएका छन् ।

पार्टीको जनवर्गीय सङ्गठन जनसांस्कृतिक महासङ्घ नेपाल र यसका सात घटक सङ्गठनको केन्द्रीय कमिटीको शपथ कार्यक्रममा नेता गौतमले समाज रुपान्तरणको तल्लो एकाइ परिवारलाई सुधार गर्न नसक्नेले समाजलाई बदल्न नसक्ने बताए ।

उनले भने, 'नेकपाले भर्खर मात्रै आचारसंहिता जारी गरेको छ, संस्कृति सुधारको यो एउटा सार्थक प्रयास हुनेछ ।'

उनले नेपालको आवश्यकता र औचित्यअनुरुप वैज्ञानिक समाजवाद ल्याउनुपर्नेमा जोड दिँदै तर अन्य मुलुकको जस्तै शासन व्यवस्था यहाँ हुनुपर्छ भन्ने नरहेको स्पष्ट गरे ।

नेता गौतमले सांस्कृतिक क्रान्ति आर्थिक क्रान्तिको वाहक हो भन्दै संस्कृतिकर्मीले देश निर्माणको युगमा होमिन सघाउने खालका साहित्य सिर्जना हुनुपर्नेमा जोड दिए ।

'साम्राज्यवाद रहँदासम्म समाजवाद आउन सक्दैन,' उनले भने, 'साम्राज्यवादलाई परास्त पार्दै नेपालको माटो सुहाउँदो समाजवादका विषयमा बहस गरौँ ।'

नेकपा नेतृत्वको करीब दुई तिहाइको सरकारले परिवर्तनलाई संस्थागत गर्नुपर्ने बताउँदै उनले राष्ट्रियसभाको निर्वाचनपछि नेकपाले सो सदनमा दुई तिहाइ स्थान हासिल गरेको जनाउँदै भने, 'जनताले परिवर्तनको स्वाद चाख्न पाउने गरी सरकारले काम गर्नुपर्छ । अर्को निर्वाचनमा जनताले अघिल्लो निर्वाचनको घोषणापत्र पल्टाएर प्रश्न गर्ने स्थिति सिर्जना गर्नुहुँदैन । परिणाम दिन सकेनौँ भने भयावह हुनेछ, त्यसको फाइदा प्रतिस्पर्धी दलले लिनेछ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x