पतिसँगको रोमान्टिक तस्वीर शेयर गर्दा यी सेलीब्रेटीलाई भयो तनाव

हलिउड टीभी स्टार किम कर्दासिया आफ्ना पति केन्ये वेस्टका साथ रोमान्टिक तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकोमा झमेलामा परेकी छन् ।

बिनाअनुमति अरूले खिचेको तस्बिर पोस्ट गरेकोमा किमलाई कानुनी झमेला आइपरेको हो । उनीविरुद्ध अन्तर्राष्ट्रिय फोटोग्राफर सइद बोल्डनले मुद्दा हालेका छन् । पोस्ट गरिएको किमको सो तस्बिरमा दुई मिलियनभन्दा बढी लाइक्स आएको छ ।


Advertisement

फोटोग्राफर सइदको आरोप छ- किम दम्पतीले उक्त तस्बिर पोस्ट गर्ने अनुमति लिएको छैन, न उक्त तस्बिरको कुनै पारि श्रमिक नै दिइएको छ ।

उक्त तस्बिर ‘नास’ एल्बम रिलिजको पार्टीमा लिइएको थियो । स्मरण रहोस्, किमभन्दा पहिले गायिका केट पेरी, आरियाना ग्रान्डे, जस्टिन बिबर, गिगी हदिद, एमिली रताजक्वोस्कीमाथि पनि फोटोग्राफरहरूले बिनाअनुमति तस्बिर पोस्ट गरेको आरोप लगाउँदै मुद्दा दायर गरिसकेका छन् ।  अन्नपूर्ण पोस्टमा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्