×

NMB BANK
NIC ASIA

बास्केटबलका प्रसिद्ध खेलाडी कोबे ब्रायन्टको हेलिकप्टर दुर्घटनामा निधन, घटनाको छानबिन गरिँदै

माघ १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बास्केटबलका लेजेन्डरी खेलाडी कोबे ब्रायन्टको क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटनामा आइतवार निधन भएको छ । हेलिकप्टरमा कोबे र उनकी छोरीसहित नौजना रहेको अधिकारीहरूले बताएका छन् । 

Muktinath Bank

४१ वर्षीय ब्रायन्ट र उनकी १३ वर्षीया छोरी जियाना मारिया ओनोर ब्रायन्ट थाउजेन्ड ओक्स नामक स्थानमा सञ्चालन हुने एक बास्केटबल खेलमा सहभागी हुन गएका थिए । उक्त खेलमा जियानाले खेल्ने अनि कोबेले प्रशिक्षण दिने कार्यक्रम रहेको लेडी मेभरिक्स टीमकी निर्देशिका इभलीन मोरालेसले बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लस एन्जलसभन्दा ३० माइत उत्तरपश्चिममा हेलिकप्टर दुर्घटनाग्रस्त भएको लस एन्जलस काउन्टी फायर डिपार्टमेन्टका प्रमुख ड्यारील ओस्बीले बताए । 


Advertisment
Nabil box
Kumari

एलए काउन्टी फायर डिपार्टमेन्टका क्याप्टेन टोनी इमब्रेन्डाले कोबे चढेको सिकोर्स्की एस–७६ बी हेलिकप्टरले डिस्ट्रेस संकेत पठाएको नपठाएको विषयमा सूचना उपलब्ध नरहेको बताए । 

Vianet communication
Laxmi Bank

‘मानिसहरूले हेलिकप्टर निकै तीव्र गतिमा खसिरहेको अनि डाँडामुनिको भुइँमा ठोकिएको देखे,’ उनले संवादादाताहरूलाई बताए । 

हेलिकप्टर सन् १९९१ म बनेको फेडरल एभिएसन एडमिनिस्ट्रेसनले जनायो । त्यो आइल्यान्ड एक्सप्रेस होल्डिङ कोर्पका नाममा दर्ता भएको एफएएको दर्ता डेटाबेसमा उल्लेख छ । 

एफबीआईको एक टोली घटनास्थलमा पुगेर स्थानीय अधिकारीहरूलाई दुर्घटनाको कारण पत्ता लगाउन सहयोग गरिरहेको बताइएको छ । 

नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले दुर्घटनाको कारणको अनुसन्धान गरिरहेको छ ।

सीएनएनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x