सभामुख सापकोटा विरुद्धको रिट सपना प्रधान मल्लको इजलासमा

सर्वोच्च अदालतले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको सुनुवाई न्यायाधीश सपना मल्ल प्रधानको इजलासमा पारेको छ । 

गत शुक्रवार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुख चयनको प्रक्रिया रोक्न सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाई आइतवार न्यायाधीश हरि फुँयालको इजलासमा परेको थियो । 


Advertisement

न्यायाधीश फुँयालले यसअघि अधिवक्ताका रूपमा सापकोटाविरुद्ध परेको मुद्दामा बहस गरिसकेका हुनाले आइतवार सुनुवाई हुन सकेको थिएन । फुयाँल आफैंले रिटको सुनुवाई नगर्ने बताएका थिए । 

आइतवार रिटको सुनुवाई नभएपछि सापकोटालाई सभामुख निर्वाचित गर्न बाधा पुगेको थिएन । सभामुख सापकोटाले सोमवारै पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्