×

NMB BANK
NIC ASIA

गुल्मी र पाल्पामा टेलिफोन टावरमा आगजनी भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका ६ धुर्कोट रजस्थलमा रहेको टावरमा आइतवार राति आगजनी भएको हो ।

Muktinath Bank

करीब ५ वर्षदेखि धुर्कोट कोट नजिकै स्थानीय कमल थापाको बारीमा रहेको स्मार्ट फोनको टावरमा आगजनी भएको वडाध्यक्ष कृष्णबहादुर नेपालीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनास्थलमा वस्तु प्रहरी चौकीबाट असई लोकमान ताम्राकारको टोली पुगिसकेको छ । ताम्राकारका अनुसार राति करीब ११ बजे आगो लागेको हो । टावरको ओडिबक्स पूर्ण रुपमा जलेकाले स्मार्ट फोनको नेटवर्क पूर्णरुपमा अवरुद्ध भएको छ ।


Advertisment
Nabil box
Kumari

घटनाका विषयमा प्रहरी प्रशासनलाई जानकारी भइसकेकाले कसले आगो लगाएको हो भन्ने विषयमा थप अनुसन्धान अगाडि बढ्ने गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए ।

Vianet communication
Laxmi Bank

कोटमा अन्य सञ्चारमाध्यमका टावर तथा सञ्चार उपकरण भएपनि कुनै क्षति नभएको पोखरेलले बताए ।

पाल्पाको बगनासकाली गाउँपालिका–९ बगनासमा रहेको एनसेल टावरमा आगजनी भएको छ । आइतवार राति ९ः४५ बजेको समयमा बगनासको टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीले बताए । आगजनीका कारण टावर पुर्ण रुपमा जलेको छ ।

आगजनीको कारण टावरको जेनेरेटर, बीटीएस सिस्टम, जीएसएम एन्टेना, ब्याट्री प्यानल, मिटर बक्ससहित तार पूर्णरुपमा जलेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x