कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
‘कुडा कर्णालीका’ मूल नाराका साथ कर्णाली प्रदेशमा कर्णाली उत्सव हुने भएको छ ।
कर्णालीलाई बहसमार्फत देशभर चिनाउने उद्देश्यले कर्णालीमै पहिलोपटक उत्सव कार्यक्रम आयोजना हुन लागेको हो ।
कार्यक्रमको आयोजना सुर्खेतस्थित ऋति फाउन्डेसनले गर्न लागेको हो । ३ दिनसम्म सञ्चालन हुने कार्यक्रम फागुन दोस्रो साता सञ्चालन गरिने ऋति फाउन्डेसनका संस्थापक सदस्य रेशम बिष्टले बताए ।
उनका अनुसार कर्णाली प्रदेशका राजनीतिक, आर्थिक, सामाजिक, कला, साहित्य, दर्शन लगायतका विभिन्न विधामा विमर्श र बहस गरिने कार्यक्रममा कर्णालीमै रहेका, कर्णालीकै वासिन्दा, कर्णालीभन्दा बाहिर रहेका कर्णालीलाई राम्रोसँग बुझेका बौद्धिक व्यक्तित्वको सहभागिता रहने छ ।
चर्चित लेखक, साहित्यकार, बौद्धिक वर्ग तथा हजारौ साहित्यअनुरागी बिच जमघट र बहस गराउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
फागुन दोस्रो साता देशकै ध्यान कर्णालीमा केन्द्रित गर्ने आयोजक संस्था ऋति फाउन्डेसनका संस्थापक अध्यक्ष कमलराज लम्सालले बताए । ‘उत्सवले कर्णालीको वास्तविकताबारे बहसका साथै यहाँको सामाजिक चिन्तन, आर्थिक सम्भावनाको खोजी, पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउँछ,’ उनले भने, ‘कर्णालीबारे वास्तविकतालाई बाहिर ल्याउनुका साथै देशकै ध्यान कर्णालीमा तान्न हामिले यो उत्सवको आयोजना गर्दै छौं ।’
कर्णाली उत्सव तयारी समूहका सल्लाहकार तथा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले उत्सवले कर्णालीलाई चिनाउन थप सहयोग गर्ने बताए । लेखक माधव चौलागाईले कर्णालीप्रतिको गलत मानसिकतालाई सकरात्मक बनाउन उत्सव आवश्यक रहेको बताए ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...