रेड कार्पेटमा छाए प्रियंका र निक, भाइरल भयो तस्वीर [तस्वीरसहित]

पछिल्लो समय प्रियंका चोपडा हलिउडमा व्यस्त छिन् । आइतवार उनी ग्रामी अवार्ड २०२० मा पति निक जोनससँग पुगिन् । 

प्रियंका समारोहमा निकै सुन्दर देखिन्थिन् । उनले फ्रिन्ज स्लीब्सको मोनो गाउन पहिरिएकी थिइन् । यो पहिरनमा उनी निकै राम्री देखिइन्, उनका फ्यानहरूले उनको निकै प्रशंसा गरे । 


Advertisement

प्रियंकाको साथमा निक पनि थिए । ब्राउन गोल्ड कलरको पहिरनसहित पत्नीसँग समारोहमा पुगेका निक निकै नै सुन्दर देखिन्थे । 

उनीहरूले रातो कार्पेटमा तस्वीर खिचाए । जुन तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।  उनीहरूले समारोहमा पारिवारीक फोटोसमेत खिचाए ।  


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्