×

NMB BANK
NIC ASIA

'उनी हेलिकप्टर जत्तिकै शक्तिशाली थिए' : कोबे ब्रायन्टको निधनपछि लेखे मिडियाले

माघ १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बास्केटबलका लेजेन्ड तथा दुईपटकका ओलम्पिक स्वर्ण पदक विजेता कोबे ब्रायन्टको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि संसारभरिका खेलकुद तथा अन्य पत्रकारले भावपूर्ण अभिव्यक्ति दिएका छन् । 

Muktinath Bank

अमेरिकाको प्रतिष्ठित खेलकुद पत्रिका स्पोर्ट्स इल्लस्ट्रेटेडले एकल श्यामश्वेत तस्वीर प्रकाशित गर्दै यस्तो हेडलाइन लेख्यो ः ‘कोबे ब्रायन्ट, १९७८–२०२०’ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसको तल उसले ब्रायन्टलाई कभर बनाइएको सबै अंकको लिंक पोस्ट गर्‍यो । 


Advertisment
Nabil box
Kumari

‘यो कसरी हुन सक्छ ? कोबे कुनै पनि हेलिकप्टरभन्दा बलिया छन्,’ लस एन्जेलस टाइम्सका बिल प्लाश्केले लेखे । लस एन्जेलस लेकर्सका लागि पाँचपटक एनबीए उपाधि जितेका ब्रायन्टलाई लस एन्जेलस शहरले औधी माया गर्छ । 

Vianet communication
Laxmi Bank

‘उनलाई हेलिकप्टर पनि चाहिदैनथियो । बीस वर्षसम्म उनी महानताको उडानमा रहे अनि आफूसँग उनले श्वासरहित शहरलाई पनि उडाए ।’

द न्युयोर्क टाइम्सको वेबसाइटमा ब्रायन्टको लामो प्रोफाइल छापिएको छ । त्यसमा उनको असाधारण करीयरको प्रशंसा गरिएको छ अनि सन् २००३ मा उनीमाथि लागेको बलात्कार अभियोगको चर्चा पनि गरिएको छ । 

कोबे ब्रायन्ट र उनकी १३ वर्षीया छोरी जियान्नाको क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटनामा आइतवार मृत्यु भएको छ । 

कोबे आधुनिक खेलकुदको सर्वोत्कृष्ट खेलाडी भएको वाल स्ट्रीट जर्नलमा जेसन ग्रेले लेखे । 

‘बास्केटबल कोर्टमा उनी सर्वोत्कृष्ट थिए । राम्रो खेल्दा, नराम्रो खेल्दा, महानतामा र पराजयमा उनी सर्वोत्कृष्ट थिए । एकदम आवश्यक परेको बेलामा उनी पूरै खेलको जिम्मेवारी उठाउँथे अनि आवश्यकता नपरेको बेलामा पनि जिम्मेवारी उठाउँथे,’ ग्रेले लेखे । 

अमेरिकासँगै युरोपमा पनि ब्रायन्टको मृत्युको शोक मनाइएको छ । विशेषगरी इटलीमा उनले बाल्यकालको केही समय बिताएको र उनका पिताले व्यावसायिक बास्केटबल खेलेकोले त्यहाँका मानिस बढी स्तब्ध छन् । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x