×

NMB BANK
NIC ASIA

हिजो दिनभर : पत्रकार बन्न परीक्षा अनिवार्य, 'डिजिटल नेपालको सपना पूरा भयो'

माघ १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पत्रकार बन्न परीक्षा दिनुपर्ने

पत्रकारिता तथा आमसञ्चार विषयमा अध्ययन गरेका विद्यार्थीले पत्रकारिता पेशा गर्न प्रवेश परीक्षा दिनुपर्ने व्यवस्था गरिने भएको छ । 

Muktinath Bank

नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा पत्रकारिता पेशामा नयाँ प्रवेश गर्नेका लागि सो व्यवस्था गरिएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'न्यूनतम व्यावसायिक परीक्षा लिने हो, विश्वविद्यालयबाट पत्रकारिता पढेर आएकै हुन्छन्,' सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने, 'व्यावसायिक पत्रकारिता र आचारसंहिताका विषयमा परीक्षा लिने हो, पेशागत शुद्धताका लागि यसले सहयोग प-याउनेछ।'


Advertisment
Nabil box
Kumari

पत्रकारिता क्षेत्रमा हाल काम गरिरहेकाले भने स्वतः लाइसेन्स पाउनेछन् । नयाँ प्रवेशीका लागि काउन्सिलले पत्रकारिता प्रवेश अनुमतिपत्र ( लाइसेन्स) का लागि जाँच लिनेछ । काउन्सिलले पाठ्यक्रम बनाएर उक्त व्यवस्था तय गर्नेछ।
     
सांसद राधेश्याम अधिकारीले इटालीबाहेक अन्य देशमा पत्रकारितामा प्रवेश गर्नेका लागि प्रवेश परीक्षाको व्यवस्था नभएको हुनाले वाक तथा स्वतन्त्रताको विषय भएको हुनाले तत्काल परीक्षा लिने विषयमा सोच्नुपर्ने धारणा राखे। सांसद ठगेन्द्रप्रकाश पुरीले डाक्टर, इञ्जिनीयर, शिक्षक, वकिललगायत प्रत्येक क्षेत्रमा काम गर्नुअघि अनुमति लिनुपर्ने व्यवस्था भएकाले पत्रकारिता क्षेत्रको गुणास्तर सुधार गर्ने उद्देश्यले सरोकारवालापक्षसँग छलफल गरेर नै लाइसेन्स परीक्षाको व्यवस्था गरेको स्पष्ट पारे।

Vianet communication
Laxmi Bank

 

 

‘नेपाली पोर्ट’ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने – डिजिटल नेपालको सपना पूरा भयो !
गगन अर्याल
डिजिटल नेपाल बनाउने सरकारको सपना पूरा भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलवार बायोमेट्रिक प्रणालीमा आधारित ‘नेपाली पोर्ट’को उद्घाटन गर्दै २ वर्षमा गर्नुपर्ने काम १ वर्षमा गरेर डिजिटल नेपालको सपना पूरा हुन लागेको बताए ।

आधुनिकीकरणको यात्रामा रहेको नेपालमा नेपाली पोर्टको शुरूआत हुनु सरकारको एउटा नयाँ कदम भएको बताउँदै प्रधानमन्त्री ओलीले नयाँ सफ्टवेयरले सेवा प्रवाहलाई सरल, सहज र सुरक्षित बनाउने बताए ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अन्तर्राष्ट्रिय विमानस्थलमा शुरूआत भएको बायोमेट्रिक प्रणालीमा आधारित सफ्टवेयरले संगठित अपराधहरू सुन तस्करी, मानव तस्करी, लागूऔषध तथा अवैध हातहतियार जस्ता अपराध सञ्जाल ध्वस्त पार्न सहयोग हुने बताए ।

मुलुकको सुरक्षासँग प्रत्यक्षरुपमा सरोकार राख्ने सीमा व्यवस्थापन र अध्यागमनलाई सुरक्षित, व्यवस्थित र विश्वसनीय, यात्रुमैत्री र सूचना प्रणालीमा आधारित बनाउन नेपालीले नै बनाएको नेपाली पोर्टले ठूलो भूमिका खेल्ने गृहमन्त्री थापाले बताए । 

नेपालका नाकाहरू थप सुरक्षित हुने विश्वास लिएको बताउँदै मन्त्री थापाले अर्थतन्त्रको आधारशीलाको रुपमा लिएको पर्यटन अर्थतन्त्रलाई अझै विश्वासिलो बनाउन नेपाली पोर्टले सहयोग गर्ने बताएका छन् ।

अध्यागमन सुधार कार्यक्रम अन्तर्गत बायोमेट्रिक प्रणाली सहितको सूचना प्रणालीको विकास, भौतिक पूर्वाधारको सुधार, सुरक्षित र २ तहको डाटा सेन्टर सहितको २४ सै घण्टा सञ्चालन हुने नेपाली पोर्टको शुरूआत भएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै महानिर्देशक पौडलले भने, ‘नेपाली पोर्टले २४ सै घण्टा विना अवरोध सेवा सुचारु हुने गरी नेटवर्किङ, शंकास्पद कागजात पहिचानको लागि अध्यागमन विभागले विमानस्थल र अध्यागमन विभागको कार्यालयमा फर्जरी डिटेक्सन युनिट स्थापना गरेका छौं ।’

नेपाली पोर्ट सोमवारदेखि देशका १२ स्थानका नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकैसाथ शुरू भएको छ । 

भीडभाड व्यवस्थापनमा पूर्व सेना र प्रहरी 

विमानस्थलमा हुने भीडभाड व्यवस्थापनको लागि अध्यागमन विभागले १४ जना अवकाश प्राप्त नेपाली सेनाका कर्मचारी र प्रहरी कर्मचारीलाई नियुक्त गरेको छ । भ्रमण वर्षमा आउने–जाने यात्रुलाई व्यवस्थापन गर्न करारमा १४ जना कर्मचारी नियुक्त गरिएका छन् ।

नियुक्त भएका कर्मचारीले यात्रुलाई परेका सानातिना समस्या समाधान गर्ने, लाइन व्यस्थापन गर्ने, यात्रुलाई सम्बन्धित ठाउँसम्म पुर्‍याउने काम गर्नेछन् ।

विमानस्थलमा ‘नेपाली पोर्ट’ सफ्टवेयर 

अध्यागमन विभागले नेपालमा भित्रिने र बाहिरिने विदेश नागरिकको विवरण राख्नका लागि छुट्टै सफ्टवेयर विकास गरेको छ । हाल प्रचलनमा रहेको ‘ईम्मी’ सफ्टवेयरलाई प्रतिस्थापन गरी नयाँ सफ्टवेयर प्रयोगमा ल्याइएको छ ।

सफ्टवेयरले मानिसको आँखाको नानी र औंठाछापको स्क्यान गरी सफ्टवेयरमा डाटाका साथै यात्रुको पासवर्डमा भएको विवरण पनि राख्ने काम गर्छ । सफ्टवेयरमा इन्टरपोल र नेपाल प्रहरीसँग भएको अपराधीका सूचना पनि राख्छ, जसले गर्दा विदेशबाट नेपालमा अपराधीहरू भित्रिन पाउने छैनन् ।

त्रिभुवन विमानस्थलको आवागमन र प्रस्थान कक्षमा अत्याधुनिक डेस्क स्थापना गर्न विभागले २३ करोड ५८ लाख रुपैयाँ बजेट पाएको थियो । हाल भौतिक संरचनामा मात्र लगभग ५ करोड खर्च भएको छ ।

 

सभामुख अग्नि सापकोटाले दिए नेकपाबाट राजीनामा

सभामुख अग्नि सापकोटाले आफू आवद्ध रहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट राजीनामा दिएका छन् ।

सभामुखको पदभार ग्रहण गरेपछि प्रेस विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले ‘राजनीतिक दलको सदस्यबाट अलग रहेको’ जनाएका हुन् ।

‘संघीय संसदको प्रतिनिधि सभामा सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नको लागि यसभन्दा पूर्व म संलग्न भई कार्य गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको व्यहोरा समेत अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउँदछु,’ विज्ञप्तिमा उल्लेख छ ।

आइतवारको प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका सभामुख सापकोटाले सोमवार बिहान शपथ लिएपछि पदभार ग्रहण गरेका छन् ।

कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको १२ बुँदे निर्देशन

चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायलाई १२ बुँदे निर्देशन दिएको हो । 

नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नेपालको पर्यटन क्षेत्र र जनस्वास्थ्यमा यसको नकारात्मक प्रभाव पर्न नदिन अपनाउनुपर्ने पूर्वसतर्कता, जनचेतना र समन्वयका सम्बन्धमा छलफल गरी निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए ।

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा (हेल्थ डेस्क) स्वास्थ्य कक्ष स्थापना गरी चीनबाट आएका पर्यटकमा उक्त भाइरसको सङ्क्रमणको अनुमान गर्न निर्देशन दिएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई नेपाल आउने हवाईजहाजहरु अवतरण गर्नुपूर्व यात्रुहरुलाई हेल्थ डेस्कमा गई आधारभूत जाँच गराउने व्यवस्था गर्न तथा विश्व स्वास्थ्य सङ्गठनले तोकिदिएको मापदण्डबमोजिम अवतरणको समयमा जहाजलाई सङ्क्रमणबाट बचाउने व्यवस्था गर्न निर्देशन दिइएको छ ।

त्यस्तै विमानस्थलमा कार्यरत कर्मचारीहरुलाई कार्यस्थलमा मास्क, पञ्जा र आवश्यकतानुसारका अन्य स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्नसमेत निर्देशन दिइएको छ । 

होटल, ट्राभल तथा ट्रेकिङ एजेन्सीलाई पर्यटकमा भाइरसको कुनै पनि लक्षण देखिएमा यथाशीघ्र तोकिएको स्वास्थ्य संस्थामा पुर्‍याउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

पर्यटकलाई सेवा दिने निजी क्षेत्रका सबै संस्थाले उक्त भाइरसबारे अवलम्बन गर्नुपर्ने सजगता एवं पूर्वसावधानी सम्बन्धमा आफ्ना कर्मचारीलाई तत्काल सुसूचित गराउने, कुनै पनि स्वास्थ्यसम्बन्धी उल्लिखित भाइरसबाट आउन सक्ने समस्याका सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएका सूचना एवं गर्नुपर्ने आवश्यक सहयोगमा पूर्ण सक्रियताका साथ कार्य गर्ने दिर्नेशन दिइएको हो । 

नेपालमा स्थलमार्गबाट पर्यटक प्रवेश गर्ने स्थान रसुवा, यारी नाकालगायत उत्तरी सीमा नाकाहरू समेतमा उल्लिखित सतर्कता र पूर्वसावधानीहरु अपनाउने, भाइरसको सम्भावना भएका बिरामीलाई तत्काल ‘आइसोलेसन’मा राख्नुपर्ने भएकाले यस सम्बन्धमा सबैले पूर्वसावधानी एवं सजगताका साथ कार्य गर्ने निर्देशन दिइएको प्रवक्ता तामाङले जानकारी दिए । 

त्यस्तै चिनियाँ पर्यटकको बढी उपस्थिति हुने काठमाडौं, पोखरा, चितवन र लुम्बिनी जस्ता स्थानहरुमा विशेष पूर्वसावधानी अवलम्बन गर्न, कोरोना भाइरसबाट बच्न र बचाउन जनचेतना वृद्धि गर्न, मानिसको धेरै आवतजावत हुने धार्मिक, सांस्कृतिक स्थानहरुमा सचेतनामूलक प्रचारप्रसार कार्य सञ्चालन गर्ने निर्देशन दिइएको छ । 

कोरोना भाइरससम्बन्धी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेका पोस्टर, पम्प्लेट, सूचनामूलक अन्य प्रचार सामग्री पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको समन्वयमा प्राप्त गरी प्रमुख होटल तथा ट्राभल र ट्रेकिङ कम्पनीका कार्यस्थलमा पर्यटकले देख्ने गरी राख्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ । 

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको कार्यालयका सूचना अधिकारी जीवनप्रसाद आचार्यले लोकान्तरलाई जानकारी दिए ।

प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौंसमक्ष म्याद थपका लागि अनुरोध गरेको थियो ।

फेसबूक लाइभमा आएर प्रहरीलाई अपशब्द प्रहार गरी गालीगलौज गरेपछि आस्थाविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

आस्था सोमवार आफैं प्रहरीमा उपस्थित भएकी थिइन् । त्यसपछि उनलाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लगिएको थियो ।

जिल्ला प्रशासन कार्यालयबाहिर सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै गायिका राउतले कानूनअनुसार हुने कारवाहीलाई आफूले स्वीकार्ने बताइन् ।

'कानूनलाई कोअपरेट गर्नका लागि आएको हो । उहाँहरूले मलाई एकदमै सौहार्द वातावरणमा आफ्नो कुरा राख्न दिनुभएको छ,' गायिका राउतले भनिन्, 'कानूनभन्दा माथि म पनि छैन, कोही पनि छैन । मैले कानूनको हिसाबले जे मलाई हुन्छ, त्यसलाई म सहर्ष स्वीकार गर्छु । सधै सबैले कानूनलाई कसैले पनि नमिचौं भन्न चाहन्छु ।'

 

देउवा प्रवेश गर्दैगर्दा कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघ कार्यकर्ताबीच झडप, प्रहरी परिचालन

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी (संघ)का कार्यकर्ताबीच पार्टी केन्द्रीय कार्यालयमा सानेपामा झडप भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा पार्टी कार्यालय प्रवेश गर्ने क्रममा सभापति देउवा र नेता कृष्ण सिटौलापक्षीय विद्यार्थीबीच झडप भएको हो ।

'उता सिटौलाहरू भागबण्डा गरेर आउने यता पार्टी कार्यालयमै सभापतिमाथि दुर्व्यवहार गर्न खोजिएपछि हामीले रोकेका हौं,' देउवापक्षीय विद्यार्थी नेता दीपक रिमालले बताए ।

उनले अमर्यादित व्यवहार गर्नेलाई रोकेको बताएपनि सिटौलापक्षीय विद्यार्थी नेता कुन्दन काफ्लेले भने आफूहरूमाथि कुटपिट भएको आरोप लगाएका छन् ।

त्यसक्रममा आफूलाई चोटसमेत लागेको बताउँदै काफ्लेले आफूहरूलाई कुटपिटको विरोधमा विद्यार्थी नेता नवराज त्रिपाठी आमरण अनशनमा बसिसकेको पनि बताए ।

झडपपछि प्रहरी परिचालन भएको छ ।

नेविस‌ंघमा लामो समयदेखि भागबण्डा विवाद चलिरहेको छ ।

 

शीतलनिवासमा सपथलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर सभामुख सापकोटाले सम्हाले कार्यभार

नवनिर्वाचित सभामुख अग्नि सापकोटाले सपथग्रहण लगत्तै सिंहदरबारस्थित सभामुखको कार्यालयमा पदभार सम्हालेका छन् ।

सोमवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथग्रहण गरेका सापकोटा सिंहदरबार आएर पदभार ग्रहण गरेका हुन् ।

राष्ट्रपति कार्यालयभित्र सापकोटाले सपथ लिइरहँदा बाहिर भने केही व्यक्तिहरूले सापकोटाविरुद्ध प्रदर्शन गरेका थिए ।

प्रहरीले विरोध प्रदर्शन गर्नेमध्ये केहीलाई नियन्त्रणमा लिएको छ ।

आइतवार प्रतिनिधि सभाका जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले सापकोटालाई निर्विरोध सभामुख निर्वाचित गरेको थियो ।

यौन दुर्व्यवहारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराले असोजको दोस्रो साता राजीनामा दिएपछि प्रतिनिधि सभा सभामुखबिहीन बनेको थियो ।

सभामुख चयनको विषयलाई लिएर सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच शक्तिसंघर्षको स्थिति पैदा भएपछि पुस ४ गते बोलाइएको संसद बैठक पटक-पटक स्थगित भएको थियो ।

दुवै अध्यक्षले आफूनिकट नेताहरूलाई सभामुख बनाउनुपर्ने अडान राखेका कारण लामो समयसम्म नेकपाले उम्मेदवार तय गर्न सकेको थिएन । 

प्रतिनिधि सभा सभामुखबिहीन भएको ४ महिनामा नयाँ सभामुख प्राप्त गरेको हो । प्रतिनिधि सभा सभामुखबिहीन हुँदा संसदको कार्यसूची प्रभावित भएको थियो ।

सभामुख र उपसभामुख फरक-फरक दल र कम्तिमा एक जना महिला हुनुपर्ने संवैधानिक प्रावधानका कारण सभामुख निर्वाचन अघि नेकपाबाटै उपसभामुखमा निर्वाचित शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपरेको थियो । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x