×

NMB BANK
NIC ASIA

पेट्रोलियम पाइपलाइनको काम अघि बढाउँदै संयुक्त कार्यदल

माघ १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको काम अघि बढाइने भएको छ । पाइपलाइन निर्माणका लागि भारत सहमत भएपछि विभिन्न चरणमा छलफल शुरू भएको हो ।

Muktinath Bank

नेपाल–भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुपले पाइपलाइन सम्बन्धमा दुई चरणमा छलफल गरिसकेको छ । पहिलो छलफल भारतमा पुस २७ र २८ गते भएको थियो भने दोस्रो छलफल काठमाडौँमा यसैसाता सम्पन्न भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई चरणको छलफलपश्चात् भारतको सिलगुढीदेखि पूर्वी नेपालको झापासम्म पाइपलाइन ल्याउन भारत सहमत भएको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ज्वाइन्ट वर्किङ ग्रुपको काठमाडौँमा सम्पन्न सचिवस्तरीय बैठकमा यो सहमति भएको हो । निर्माणको मोडालिटी भने फाइनल भइनसकेको पौडेको भनाइ छ । उनले भने, 'दोसो अन्तरदेशीय पाइपलाइन निर्माणका लागि भारत सहमत छ, हामी पनि सहमत छौँ, निर्माणको मोडालिटीका बारेमा थप छलफल भएपछि डीपीआर तयार गर्नतिर लाग्छौँ, हामी छिट्टै कामको टुङ्गोमा पुग्छौँ ।'


Advertisment
Nabil box
Kumari

पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन ल्याइने छ । जसको दूरी करिब ३७ किलोमिटर हुनेछ । पाइपलाइनको सम्भाव्यता अध्ययन गर्न निगमले इन्डियन आयल कर्पोरेसनसमक्ष एक महिनाभित्रमा लिखित प्रस्ताव पेस गर्नेछ । पहिलो चरणमा पाइपलाइन सिलगढीबाट झापाको चारआलीसम्म ल्याइने छ ।

Vianet communication
Laxmi Bank

दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन (मोतियारी–अमलेखगञ्ज) गत भदौबाट सञ्चालनमा आएको थियो । पौडेलको अनुसार मोतियारी–अमलेखगञ्ज पाइपलाइन पल्टिपल प्रोडक्ट पाइपलाइन हो । सिङ्गल ल्याएपछि २४ सै घण्टा चल्छ तर अहिले भने २४ सै घण्टा चलेको छैन । हाल पाइपलाइन २५ प्रतिशत मात्र प्रयोग भएको छ ।

आगामी असारदेखि सिङ्गल प्रोडक्टमा फुलफेजमा डिजेल आउने उहाँको भनाइ छ । पाइपलाइन आउनुभन्दा पहिले सीमा क्षेत्रको मूल्यमा प्रतिलिटर १४ रुपियाँ फरक थियो भने अहिले २० रुपियाँ छ । निगमले हाल प्रतिलिटर छ रुपियाँ बचत गरिरहेको छ । मोतिहारी–अमलेखगञ्ज पाइप लाइनलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने समझदारी भएको छ । पाइपलाइन शुरूभएपछि ढुवानीको लागत घट्छ, मिसावट, लोडिङ जाम, बन्द, हडताल र समयको पनि बचत र आपूर्तिमा धेरै सहज भएको निगमले जनाएको छ ।

मोतिहारी–अमलेखगञ्ज पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्न पनि विस्तृत प्राविधिक अध्ययन गर्न नेपाल र भारतका प्राविधिकको संयुक्त समूह बनाइने भएको छ । टोलीले प्रतिवेदन तयार गरी नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपमा पेस गर्ने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । उहाँका अनुसार पाइपलाइनसँगै भण्डारण निर्माणका काम पनि गरिने छ । गोरखापत्र दैनिकमा खबर छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x