×

NMB BANK
NIC ASIA

घट्दो रेमिट्यान्स अर्थतन्त्रको चुनौती

माघ १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल राष्ट्र बैंकले आउँदा दिनमा रेमिट्यान्स आय घट्ने जोखिम औंल्याएसँगै अर्थविद्ले गरिबीको दर पुनः बढ्नसक्ने बताएका छन्। अहिले वैदेशिक रोजगारीले मुलुकमा गरिबीको दर घटाउन दोहोरो भूमिका खेलेको अर्थविद् केशव आचार्य बताउँछन्। ‘एकातिर ४० लाखभन्दा धेरै मानिसले विदेशमा आम्दानी गरेर परिवारको क्रयशक्ति बढाउन सहयोग गरेका छन्। अर्कोतिर धेरै ठूलो श्रमशक्ति विदेशिएपछि स्वदेशी श्रम बजारमा पनि ज्यालादर बढेको छ’, उनी भन्छन्।

Muktinath Bank

साउनदेखि कात्तिकसम्मको तथ्यांकलाई आधार मान्ने हो भने गत वर्ष ९१ अर्बभन्दा धेरैले बढेको रेमिट्यान्स आम्दानी यो वर्ष ३९ करोड रुपैयाँ मात्र बढेको छ। सर्वाधिक पैसा भित्रिने मौसम असोजमा त पोहोभन्दा पनि २.३ प्रतिशत कम रेमिट्यान्स नेपाल भित्रिएको थियो। यस्तो तथ्यांकले रेमिट्यान्स कारोबार गर्ने कम्पनीसमेत अन्योलमा देखिएका छन्। केन्द्रीय तथ्यांक विभागले गत वर्ष सार्वजनिक गरेको ‘नेपाल श्रमशक्ति सर्वेक्षण’ले पनि वैदेशिक रोजगारीले स्वदेशी श्रमिकको आम्दानी तीव्र वृद्धिगर्न सघाएको उल्लेख गरको थियो। स्वदेश र विदेशमा काम गर्ने सबै श्रमिकको आम्दानी बढेपछि पछिल्लो डेढ दशकमा गरिबीको दर आधा घटेको राष्ट्रिय योजना आयोगको तथ्यांक छ। राष्ट्र बैंकले पनि विदेशी भूमिमा खटिएका कामदारका कारण मुलुकभित्र गरिबीसँगै बाल मृत्युदर घटाउन र औसत आयु बढाउन निकै ठूलो योगदान पुर्‍याएको उल्लेख गरेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दक्षिण एसियामा व्यापार र वातावरणसम्बन्धी काम गर्ने संस्था सावतीका कार्यकारी अध्यक्ष डा.पोषराज पाण्डे पनि विलासी वस्तुको उपभोगमात्र नभइ गरिब नेपालीको आधारभूत आवश्यकता पूरा गर्न रेमिट्यान्सले सहयोग पुर्‍याएको बताउँछन्। ‘दुई दशक अघिसम्म जाडोमा ज्याकेट लगाउने हैसियत सीमित धनिमानीसँग मात्र थियो’, उनी भन्छन्, ‘अहिले सबैभन्दा न्यून आय भएको समुदायले पनि यस्ता आधारभूत वस्तुको खरिद गर्ने सामथ्र्य बनाएको छ।’


Advertisment
Nabil box
Kumari

यद्यपि, पछिल्लो समय घट्दो रेमिट्यान्सले अर्थतन्त्र र मानिसको जीवनस्तरलाई नै प्रभावित पार्नसक्ने विज्ञले बताएका छन्। पछिल्ला दिनमा रेमिट्यान्सको रकममा थोरै बढोत्तरी भए पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपात घटिरहेको छ। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा जीडीपीको २९.६ प्रतिशत रहेको यस्तो अनुपात गत वर्ष २५.४ प्रतिशतमा झरेको छ। ‘निर्यातबाट पर्याप्त लाभ लिन नसकेको अर्थतन्त्रमा रेमिट्यान्स आम्दानी घट्यो भने टाइम बमजस्तै हुन्छ’, अर्थशास्त्री आचार्य भन्छन्। रेमिट्यान्स घट्दा कुनै पनि वस्तु तथा सेवा किन्नसक्ने क्षमता (क्रय शक्ति) पनि घट्छ। यसले मानिससँग स्वास्थ्योपचार गर्ने खर्च कम हुन्छ, स्तरीय शिक्षा दिनसक्ने सामथ्र्य गुम्छ। अर्कातिर विदेशी मुद्राको अभावले सरकार र केन्द्रीय बैंकलाई पनि अप्ठेरो परिस्थिति सिर्जना हुन्छ। ‘यदि हामीले अहिले नै विदेशी मुद्रा आर्जन गर्ने अरु बाटो खोल्न पहल नगर्ने हो भने अर्थतन्त्र समस्यामा पर्छ’, अर्थशास्त्री पाण्डे भन्छन्। गत वर्ष उच्च आयातका कारण नेपालसँग भएको विदेशी मुद्राको ढुकुटी तीव्र दरमा खुम्चिएको थियो। त्यसैकारण सरकारले यो वर्ष विदेशी मुद्रा सञ्चिति गर्ने लक्ष्यको सीमा नै घटाउनुपर्‍यो।

Vianet communication
Laxmi Bank

विदेशी मुद्राको ढुकुटी रित्तिन थाल्यो भने सरकारले आयातमा रोक लगाउन सक्छ जुन अचाक्ली महँगी बढाउने कारण बन्न सक्छ। एकातिर आम्दानी घटेको र अर्कातिर महँगी बढ्ने अवस्थाले जीवनस्तर झन् जटिल बन्ने र गरिबीको दर पुनः उकालो लाग्ने अर्थशास्त्री बताउँछन्। ‘रेमिट्यान्सकै कारण गरिबी घटेको छ भने यसकै कारण फेरी गरिबी बढ्नु स्वाभाविक हुन्छ’, आचार्य भन्छन्। त्यही जोखिमबाट बच्न विदेशी लगानी भित्र्याउने र पर्यटन आम्दानी बढाएर विदेशी मुद्राको ढुकुटी विस्तार गर्नुपर्ने अर्थशास्त्री पाण्डेको धारणा छ। सरकारले भने बैंकलाई सकेसम्म धेरै विदेशी निक्षेप भित्र्याउन पहल गरिरहेको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x