सामसङ ग्यालेक्सी एस१० प्लस र नोट१० प्लसमा छुट अफर

सामसङले ग्राहकको आवश्यकतालाई तथा सन्तुष्टिलाई सदैव पहिलो प्राथमिकता दिँदै आएको छ ।

ग्राहकको आवश्यकता तथा मागलाई मध्यनजर गर्दै सामसुङले  सामसङ  ग्यालेक्सी एस१०/एस१० प्लस तथा सामसङ ग्यालेक्सी नोट१०/नोट१० प्लसमा विशेष छुटको अफर ल्याएको छ ।


Advertisement

सामसङ ग्यालेक्सी एस१०/एस१० प्लस तथा ग्यालेक्सी नोट१०/नोट१० प्लस एनआईसी एसिया बैंकको डेबिट कार्ड/क्रेडिट कार्ड/क्यूआरबाट खरिद गर्दा १५% वा अधिकतम ३ हजार रुपैयाँसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

‘सामसङ अर्थपूर्ण आविष्कारहरू प्रदान गर्नमा सदैव विश्वास गर्दछ । यसैको प्रतिफल  हाम्रा उत्पादनहरूले  उपभोक्ताहरूको जीवनमा थप सहजता प्रदान गर्दछ । सामसङको पावर अफ १० सर्भिस यसको भिन्न अनुभवको लागि परिचित छ, यसको प्रयोगले प्रयोगकर्ताहरूलाई असीम सम्भावनाहरू पत्ता लगाउन अझै शक्ति प्रदान गर्दछ । सुविधाजनक रूपमा पहुँचयोग्य प्रीमियम सुविधाहरू यस सिरिजबाट प्राप्त हुनेछन्,’ सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले भने ।


Advertisement

छुट अफर एनआईसी एसिया कार्ड मशिन भएका सामसङका सम्पूर्ण आउटलेटहरूमा फेब्रुअरी २८ सम्म उपलब्ध हुनेछ । सामसङले बैंकको सेवा लिइरहेका आफ्ना ग्राहकलाई अफरले अझ सहज र सुविधाजनक हुनेछ भन्ने उद्देश्य राखेको छ ।

सामसङ ग्यालेक्सी एस१०/एस१० प्लस तथा सामसङ ग्यालेक्सी नोट१०/नोट१० प्लस विशेषतः आफनो काम र जीवनबीच सहज सन्तुलन राख्ने र सदैव आफ्नो सिर्जनशीलतालाई उजागर राख्ने पुस्तालाई केन्द्रित गरी तयार गरिएको हो ।
यी स्मार्ट फोनहरू ग्राहकको बढीभन्दा बढी चाहना पूरा गर्ने उद्देश्यले डिजाइन गरिएको छ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्