इमरान खानले गरे मजाक, भने–इन्जेक्सन लगाएपछि नर्स देखिइन् परी

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले हालै दिएको बयानले सामाजिक सञ्जाल तताएको छ । 

शौकत खानूम अस्पतालमा भाषण गर्ने क्रममा उनले एक इन्जेक्सन लगाएपछि नर्सहरू परी देखिन थालेको बताए । 


Advertisement

उनले भने, ‘सन् २०१३ मा चुनाव प्रचारको क्रममा म मञ्चबाट लडेको थिएँ । अनि मलाई यही अस्पताल ल्याइयो । म पीडामा हुँदा नर्सहरूले एक इन्जेक्सन लगाइन् । त्यसपछि मेरो पीडा हरायो । त्यतिखेर मलाई ती नर्सहरू परी जस्तो लागेका थिए ।’

आफूले चिकित्सकसँग फेरि त्यही पेनकिलर इन्जेक्सन लगाउन अनुरोध गरेको इमरान खानले बताए । इन्जेक्सनका लागि डाक्टरलाई धम्की पनि दिएको उनले बताए । खानले चिकित्सक र अस्पतालको प्रशंसा गर्दै चिकित्सकले दोस्रो पेनकिलर इन्जेक्सन नदिएको बताए । 


Advertisement

यो बयानपछि इमरान खानलाई सामाजिक सञ्जालमा खुबै ट्रोल गरिएको छ । 


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्