३ वटा ट्रक ठोक्कियो, ३ जनाको घटनास्थलमै मृत्यु, ९ जना घाइते

प्रकाश आचार्य
प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

भैरहवाबाट परासीतर्फ जाँदै गरेको र परासीबाट भैरहवा आउदै गरेका ३ वटा ट्रक अनियंत्रित भई एकापसमा ठोक्किदा ३ जनाको घटनास्थमै ज्यान गएको छ ।

भैरहवा -परासी सडकमा रुपन्देहीको रोहिणी गाँउपालिकामा पर्ने  ४ छिपागढमा ३ वटा ट्रक एक आपसमा ठोक्किदा ३ जनाको घटनास्थलमै ज्यान गएको र ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 


Advertisement

बिहान हुस्सु लागेर बाटो कठिन भैरहेको बेला अत्याधिक गतिमा रहेका ट्रकहरू ठोक्किएका हुन् ।

भैरहवादेखि परासी तर्फ जाँदै गरेको लु१ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवा तर्फ आउँदै गरेको ना२ख ८४८१ र ना५ख ७८५६  नम्बरको ट्रक अत्याधिक कुहिरोको कारण एक आपसमा ठोक्किएको हो।


Advertisement

दुर्घटनामा मृत्यु भएको सनाखत भएको छैन घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर छ भने अन्य ५ जना पनि घाइते भएका छन्। घाइतेलाई भैरहवा स्थित भिम अस्पताल र युनिभर्षल मेडिकल कलेज पठाइएको छ ।

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्