‘सन् २०६० सम्ममा विश्व बजारको एक तिहाइ हिस्सा भारत र चीनको’

चीन र भारतका उदीयमान बजारहरूले सन् २०६० सम्ममा वैश्विक कुल गार्हस्थ्य उत्पादनको ३५ प्रतिशत भाग ओगट्ने र त्यो अमेरिका तथा युरोपेली मुलुकहरूको संयुक्त शेयर जति हुने जापान सेन्टर फर इकोनोमिक रिसर्चले जनाएको छ । 

टोक्योमा रहेको उक्त संस्थाले विश्व अर्थतन्त्रमा चीनको हिस्सा लगभग २० प्रतिशत हुने र भारतको लगभग १६ प्रतिशत हुने उल्लेख गरेको छ । 


Advertisement

चीनले विश्व जीडीपीमा दोस्रो स्थान ओगटिरहने र सन् २०३० तिर अमेरिकालाई जित्ने भविष्यवाणी गरिएको छ । सन् २०६० सम्ममा भारत विश्वको तेस्रो सबभन्दा ठूलो अर्थतन्त्र हुनेछ । त्यतिखेर चीन फेरि दोस्रो स्थानमा आउने र अमेरिका पहिलो स्थानमा जाने अनुमान गरिएको छ । 

अमेरिका र युरोपेली मुलुकको अर्थतन्त्र सन् २०१९ मा ५० प्रतिशतभन्दा बढी छन् भने सन् २०६० मा तिनीहरू झरेर ३८ प्रतिशतमा आइपुग्छन् । 


Advertisement

बीसौं शताब्दीमा विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको जापान चाहिँ भविष्यमा सानो र कमजोर खेलाडी हुनेछ । सन् २०६० सम्ममा वैश्विक जीडीपी ३ प्रतिशतमा झर्नेछ । 

अध्ययन प्रतिवेदनमा विद्युतीयकरण (डिजिटलाइजेसन) ले विकसित मुलुकहरूको औद्योगिक प्रकृतिलाई परिवर्तन गर्न थालिसकेको र त्यसले सन् २०६० सम्ममा उदीयमान मुलुकहरूलाई बलियो गरी प्रभाव पार्ने उल्लेख छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्