×

NMB BANK
NIC ASIA

घोषणामै सीमित योजना

उद्योगमन्त्री लेखराज भट्टकै क्षेत्रमा औद्योगिक कोरिडोर योजना अलपत्र

माघ १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/२०७७ को बजेट वक्तव्यमा अत्तरिया–धनगढी औद्योगिक कोरिडोर बनाउने घोषणा गरेपछि सुदूरपश्चिममा सरकारप्रति आशा पलाएको थियो ।

Sagarmatha Cement
Muktinath Bank

बजेटमा घोषणा गरिएको कोरिडोर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको निर्वाचित क्षेत्रसँग पनि जोडिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनगढी कैलालीको ५ नम्बर निर्वाचन क्षेत्रमा पर्छ भने अत्तरिया ४ नम्बरमा पर्छ । मन्त्री भट्ट ४ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । बजेट विनियोजन भइसकेको र सम्बन्धित क्षेत्रका सांसदले नै उद्योग मन्त्रालय सम्हालेको अवस्थामा पनि कोरिडोर योजना अलपत्र परेको छ ।


Advertisment
Nabil box
Kumari

अर्थमन्त्री खतिवडाले बजेट वक्तव्यमार्फत इटहरी–विराटनगर, पथलैया–वीरगञ्ज, बुटवल–बेलहिया, कोहलपुर–जमुनाह र अत्तरिया–धनगढीलाई औद्योगिक कोरिडोरको रुपमा विकास गर्न बजेट कार्यक्रम सार्वजनिक गरेका थिए ।

Vianet communication
Laxmi Bank

उनले औद्योगिक पूर्वाधार विकासको लागि २ अर्ब ८७ करोड रुपैयाँ बजेट समेत विनियोजन गरेको सुनाए तर चालू आर्थिक वर्षको ७ महिना बित्नैलाग्दा समेत कार्यान्वयनको कुनै प्रक्रिया अगाडि नबढेपछि सरकारप्रतिको निराशा देखिएको छ ।

बजेटको योजनाबारे सुदूरपश्चिम प्रदेश सरकारलाई कुनै खबर छैन । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले संघीय सरकारको औद्योगिक कोरिडोर कार्यक्रमबारे कुनै जानकारी नआएको जानकारी दिए ।

संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी श्यामचन्द्र बुढाथोकीले कार्यालयले संघीय सरकारको कार्यक्रम हेरेपनि संघीय सरकारको औद्योगिक कोरिडोरबारे कुनै जानकारी नपाएको बताए । सरकारको बजेट वक्तव्यमा औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण अन्तर्गत जमिनको व्यवस्थापन, सडक स्तरोन्नति, ढल निकास निर्माण र विद्युत् प्रशारण लाइनलगायत पूर्वाधार निर्माण गरिने जनाइएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालसम्म कार्यक्रमको प्रारुप तयार पार्न नसकेको जनाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उदृत गर्दै मन्त्री भट्टका निजी स्वकीय सचिव हितेश ओझाले हालसम्म कार्यक्रमको प्रारुप तयार नभएपनि चाँडै नै प्रारुप तयार गरी कार्यान्वयनमा जाने बताए ।

कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले सरकारले धनगढी–अत्तरियालाई औद्योगिक कोरिडोर तथा मेगा सिटीको रुपमा विकास गर्ने भनी ल्याएको बजेटले खुशी बनाएपनि ७ महिना बित्नैलाग्दा समेत सम्भाव्यता अध्ययनको कुनै पनि प्रक्रिया अगाडि नबढेपछि बजेटप्रति आंशका बढेको गुनासो सुनाए ।

वरिष्ठ उपाध्यक्ष ओझाले भने, ‘अरु प्रदेशमा औद्योगिक क्षेत्र भएपनि सुदूरपश्चिममा छैन । जुनकारण सरकारले कार्यक्रम ल्याउँदा खुशी लागेको थियो । हालसम्म सम्भाव्यता अध्ययन समेत नहुनु दुःखद हो । धेरै ढिलाइ भयो । अर्को बजेट ल्याउने तयारी पनि केही महिनामै शुरू हुन्छ होला । विनियोजित बजेट कार्यान्वयनमै नगई अर्को ल्याउनुको के औचित्य भयो ? हाम्रोमा कुरा मात्रै हुन्छ, काम हुँदैन ।’

धनगढीका व्यवसायी दिनेशराज भण्डारीले पनि रातोकिताबमा समावेश कार्यक्रम कार्यान्वयनमा ढिलाइ गरिनु बिडम्बनापूर्ण भएको टिप्पणी गरे । कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका भण्डारीले भने, ‘कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको लागि हामीले अध्ययन नै गराएका थियौं तर कार्यान्वयनमा कहिल्यै गएन । खुटिया–दिपायल सडक खण्डलाई दू्रतमार्ग बनाउने चर्चा हुँदै आएको छ तर कार्यान्वयनको पाटो फितलो छ । अब त भाषणका कुरा लिखित गरिँदै आएको छ । कार्यान्वयन छैन । यो गैरजिम्मेवारीपन नै हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x