×

NMB BANK
NIC ASIA

विमानस्थलमा दैनिक १६ घण्टासम्म उभिन्छन् प्रहरी जवान, माथिका अधिकृतको ड्युटी अझै बढी !

माघ १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी कर्मचारी दैनिक १६ घण्टाभन्दा बढी ड्युटीमा खटिनुपर्ने अवस्था रहेको पाइएको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी) को ड्युटी भने अझै बढी समय हुन्छ ।

Muktinath Bank

तल्ला तहका प्रहरी कर्मचारीको ड्युटी ३ शिफ्टमा हुने गरेको छ । सबैभन्दा पहिलो ड्युटी रातिको ३ बजेबाट शुरू हुन्छ । बिहान ५ बजे नेपाल एयरलाइन्सको जापान (ओशाका) उडान रहेकाले तयारीका लागि त्यसको २ घण्टाअगाडि नै प्रहरीहरू ड्युटीमा उपस्थित भइसक्ने एक प्रहरी अधिकृत बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार पहिलो शिफ्टमा ड्युटीमा खटिने प्रहरीहरूले बिहान ११ बजे (८ घण्टा ड्युटी सकेर) खाना खाने र आराम गर्ने समय पाउँछन् । त्यसपछि अर्को शिफ्ट शुरू हुन्छ– ८ घण्टाका लागि । दोस्रो शिफ्ट सकिएपछि पहिलो शिफ्टमा खटिएका प्रहरीहरू तेस्रो शिफ्टमा पुनः ड्युटीमा हाजिर हुनुपर्छ ।


Advertisment
Nabil box
Kumari

सो दिनको दोस्रो शिफ्टमा खटिएकाहरू भोलिपल्ट पहिलो शिफ्टको ड्युटीमा रोटेसनअनुसार पर्छन् । बिहान र बेलुका व्यस्त समयमा अलि बढी प्रहरी ड्युटीमा खटिन्छन् । 

Vianet communication
Laxmi Bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल ३ सय ७ प्रहरीको दरबन्दी छ । काजमा रहेका समेत गरी ३ सय ५० भन्दा बढी प्रहरी कार्यरत रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) श्यामलाल ज्ञवालीले लोकान्तरलाई जानकारी दिए ।

हाल विमानस्थल प्रहरीको नेतृत्व एसएसपी रामकृपाल साहले गरिरहेका छन् । उनीभन्दा तल एक एसपी र २ डीएसपीको दरबन्दी छ । काजमा थप २ गरी हाल ४ डीएसपी विमानस्थलमा कार्यरत छन् ।

विमानस्थलमा समग्र कामको अनुगमन र त्यसको नेतृत्व एसएसपीले गर्छन् । एसएसपीको अनुपस्थितिमा वा उनले आराम गर्नुपर्ने समयमा एसपीले सो जिम्मेवारी सम्हाल्छन्, एसपीको नियमित जिम्मेवारी त छँदैछ ।

विमानस्थलका एसपी बिहानको पहिलो उडानभन्दा १ घण्टाअगाडि ड्युटीमा उपस्थित हुन्छन् । ५ बजेको उडान प्रत्येक दिन नहुने भएकाले सामान्यतया ६ बजेबाट एसपी तथा एसएसपीको ड्युटी शुरू हुन्छ ।

उनीहरूले पालैपालो बिहान ११ देखि १२ बजेसम्म खाना खाने समय पाउँछन्, चनाखो भने भइ नै रहनुपर्छ ।

बिहानको खानापछि सामान्यरूपमा काम चलिरहँदा एसएसपी र एसपीले पालोपालो केही समय आराम गर्न पाउँछन्, कतिपय अवस्थामा दुवैजना खटिनुपर्ने पनि हुन्छ ।

सुत्नका लागि बेडमा पुग्दा रातिको ११ बजिसकेको हुन्छ । त्यसपछि पनि सम्भावित सुरक्षा चुनौतीबारे चनाखो रहनु त प्रहरीको कर्तव्य नै हो । फिल्डको ड्युटी भने डीएसपीले हेर्छन् ।

विमानस्थलमा हाल ४ डीएसपी कार्यरत् छन् । डीएसपीहरू शिफ्टमा काममा खटिन्छन्, उनीहरूको खटाई इन्स्पेक्टरभन्दा तलका प्रहरी कर्मचारीको भन्दा बढी नै हुन्छ ।

निकै पहिला तत्कालीन अवस्थालाई हेरेर तय गरिएको दरबन्दी विमानस्थलमा अहिले अपुग रहेको नाम नबताउने शर्तमा लोकान्तरसँग कुरा गरेका ती प्रहरी अधिकृतले बताए ।

‘दैनिक ८ हजार यात्रु आवतजावत गर्ने बेलाको दरबन्दी हो यो,’ ती प्रहरी अधिकारीले भने, ‘अहिले सरदर ५० हजार यात्रु ओहोरदोहोर गर्छन्, सोही कारण प्रहरीहरूले दैनिक २ शिफ्ट काम गर्नु परिरहेको छ ।’

एक्सरेमा बस्ने प्रहरीले बिरामी बुवालाई अस्पताल लान पनि पाएनन् !

विमानस्थलको एक्सरे मेसिनमा ड्युटीमा खटिने प्रहरीले त आफ्नो ड्युटी अवधिमा खाना/खाजा खाने समय पनि पाउँदैनन् । हरेक सेकेण्ड चनाखो हुनुपर्ने भएकाले यताउता गर्नै नमिल्ने एक प्रहरी जवानले बताए ।

ती प्रहरी जवानसँग एउटा नमीठो अनुभव छ । उनले आफ्ना बिरामी बुवालाई अस्पताल लान समेत पाएनन् ।

उक्त घटनाबारे उनले भने– 

एक महिना अगाडिको कुरा हो । बुवा बिरामी भएर नेपालगञ्जबाट काठमाडौं प्लेनमा आउँदै हुनुहुन्थ्यो । इन्टरनेसनलतर्फ ड्युटी परेकाले यही विमानस्थलको डोमेस्टिकतर्फ उत्रिनुभएका बुवालाई रिसिभ गर्न पनि पाइनँ । बुवा त्यहाँबाट सिधै टिचिङ अस्पताल जानुभयो । म एक्सरे मेसिनमा भएकाले उहाँलाई अस्पताल लैजान पनि पाइनँ । मुटुको समस्याले आउनुभएका बुवालाई यही विमानस्थलमा उत्रिएको समयमा पनि भेट्न नपाउँदा नमीठो अनुभव भयो । यद्यपि अहिले उहाँ निको भइसक्नुभएको छ ।

त्रिभुवन विमानस्थल प्रहरी प्रमुख एसएसपी रामकृपाल साहले कम दरबन्दीका कारण एउटा प्रहरी जवानले दैनिक १५/१६ घण्टा ड्युटी गर्नुपर्ने अवस्था रहेको स्वीकारे ।

‘प्रहरीले २४ घण्टा नै विमानस्थलको सुरक्षा गरिराखेको छ । दैनिक २२ घण्टा विमानस्थल खुल्छ । एउटा प्रहरी दिनमा १६ घण्टासम्म ड्युटीमा खटिनुपर्ने अवस्था छ,’ एसएसपी साहले भने ।

विमानस्थलमा प्रहरीले घरेलु तथा अन्तर्राष्ट्रिय उडान र यात्रुहरूलाई सुरक्षा दिँदै आएको छ ।

अतिरिक्त काम, छैन दाम !

श्रम ऐनको दफा २८ उपदफा (१) ले भन्छ– ‘रोजगारदाताले श्रमिकलाई प्रतिदिन ८ घण्टा र एक हप्तामा ४८ घण्टाभन्दा बढी समय हुने गरी काममा लगाउन पाइने छैन ।’

लगातार ५ घण्टा काम गरेपछि आधा घण्टा विश्रामको समय दिनुपर्ने, तर काम रोक्न नहुने अवस्था भएमा श्रमिकलाई आलोपालो गरी विश्रामको समय दिनुपर्ने सोही दफाको उफदफा (२) र (३) मा उल्लेख छ ।

दफा २९ ले भन्छ– ‘श्रमिकलाई दफा २८ उपदफा (१) मा उल्लिखितभन्दा बढी समय काममा लगाउन पाइँदैन ।’ अत्यावश्यकीय सेवाका लागि अर्को पनि व्यवस्था छ– कुनै काम सम्पन्न नहुँदा कसैको जीवन, सुरक्षा तथा स्वास्थ्यमा

प्रतिकूल असर पर्न सक्ने वा रोजगारदातालाई गम्भीर हानी नोक्सानी हुने भएमा दिनमा थप ४ घण्टा र सातामा २४ घण्टा नबढ्ने गरी अतिरिक्त समय काम लगाउन सकिन्छ, अतिरिक्त समयमा गरेको कामको नियमित समयमा भन्दा डेढ गुणा बढी पारिश्रमिक दिनुपर्छ ।

तर, ऐनविपरीत दैनिक १६ घण्टाभन्दा बढी खटाइने प्रहरी कर्मचारीलाई राज्यले अतिरिक्त सेवासुविधा भने उपलब्ध गराउँदैन । प्रहरीहरू खुलेर गुनासो गर्न पनि सक्दैनन् ।

‘देशका लागि परे ज्यान दिन्छौं भनेर शपथ खाएका हामीले आवश्यक पर्दा रातदिन नभनी काम त गर्नुपर्छ नै, तर सेवासुविधा के गर्ने, हाम्रो परिवार कसरी चलिरहेको छ भन्ने कुरा त राज्यले ख्याल गर्ने हो नि,’ विमानस्थलमा कार्यरत एक प्रहरी अधिकृतले भने, ‘हामीले दिनुस् भनेर माग्दैनौं, राज्यले नै बुझ्नुपर्छ ।’

यतिधेरै मानिसको चाप हुने संवेदनशील क्षेत्रमा थप प्रहरी खटाउनेतर्फ पनि राज्यको ध्यान जानुपर्ने उनको भनाइ छ ।

प्रहरीहरूलाई रासन भत्ताबाहेक अन्य कुनैपनि भत्ता तथा अतिरिक्त सुविधा उपलब्ध नहुने विमानस्थल प्रहरी प्रमुख एसएसपी साह बताउँछन् ।

‘प्रहरीले पाउने रासन भत्ताबाहेक अन्य कुनै पनि सुविधा पाउँदैनन्, आफ्नो सबै व्यवस्था राशन भत्ताबाटै गर्नुपर्छ,’ उनले भने ।

अध्यागमनमा भने तीन शिफ्टमा आलोपालो ड्युटी !

विमानस्थलस्थित अध्यागमन विभागका कर्मचारीले भने तीन शिफ्टमा ड्युटी गर्ने गरेका छन् ।

बिहान, दिउँसो र राति गरी ३ शिफ्टमा कर्मचारी खटाउने गरेको अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले लोकान्तरसँग बताए ।

निर्देशक तिवारीले भने, ‘एक–एक हप्तामा रोटेसन गरेर ३ सिफ्टमा ड्युटीमा खटाउने गरेका छौं । एक जनाको एक हप्ता राति, अर्को हप्ता बिहान र अर्को हप्ता दिउँसोमा ड्युटी गर्नुपर्छ।’

दैनिक कार्यालय समय तोकिएको भन्दा बढी नहुने भएकाले अध्यागमनका कर्मचारीले पनि अतिरिक्त सेवासुविधा पाउँदैनन् ।

अध्यागमन विभागका १ सय ५० जनाको दरबन्दी छ, जसमा १ सय २९ जना अधिकृत, ६ जना उपसचिव, १ जना सहसचिव र अन्य कार्यालय सहयोगी हुने निर्देशक तिवारीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x