धरौटीमा छुटिन् गायिका आस्था राउत

गायिका आस्था राउत धरौटीमा छुटेकी छन्।

अभद्र व्यवहार कसुरअन्तर्गतको मुद्दा खेपिरहेकी आस्था सोमबार पक्राउ परेकी थिइन्। तर काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको मंगलबारको इजलासले आस्थालाई ४ हजार धरौटीमा छाड्न आदेश दिएको हो। 


Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका क्रममा भएको घटनालाई लिएर गायिका राउतले प्रहरीलाई नै गालीगलौज गरेपछि प्रहरीले कारबाही प्रक्रिया थालेको थियो। 

सोमबार मात्रै प्रशासन कार्यालयबाट चार दिनको म्याद लिएर अनुसन्धान थालेको प्रहरीले अनुसन्धानमा सहयोग गरेको र गल्तीको महसुस गरेकाले मंगलबार अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयलाई मिसिल बुझाएको हो।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्