×

NMB BANK
NIC ASIA

कोरोना भाइरस नियन्त्रणको लागि गृहकार्य तीव्र बनाउँदै सरकार

माघ १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

छिमेकी चीनको उहानमा शुरूभएको नोबेल कोरोना भाइरसको सङ्क्रमणका बिरामी नेपालमा पनि भेटिएको पुष्टि भएपछि नियन्त्रणका लागि सरकारले गृहकार्य तीव्र पारेको छ ।

Sagarmatha Cement
Muktinath Bank

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियन्त्रणका लागि गृहकार्य अगाडि बढाएको हो । मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, 'अन्यत्र भाइरस नफैलियोस् भन्ने उद्देश्यले काम तीव्र पारिएको छ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । बाहिरबाट आउने यात्रुलाई ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखियो भने सीधै विमानस्थलबाट अस्पताल पुर्‍याइने प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनले विमानस्थलको थर्मल स्क्यानरमा ज्वरोका बिरामी देखिए एम्बुलेन्समार्फत अस्पताल पु¥याउने व्यवस्था गरेको बताए।  उनले भने, 'विमानस्थलमा थप स्वास्थ्यकर्मीको व्यवस्था गरेर स्वास्थ्य परीक्षण समेत शुरू गरिएको छ ।'


Advertisment
Nabil box
Kumari

उनले नेपालमा एकजनाबाहेक अन्यलाई कोरोना भाइरस नदेखिएको जानकारी दिए। चारजनाको परीक्षण गरिएकोमा तीनजनाको ‘रिपोर्ट नेगेटिभ’ आएको छ । प्रवक्ता श्रेष्ठले भने, 'अन्यत्र नफैलियोस् भनेर गम्भीरताका साथ काम गरिरहेका छौँ ।' चीनमा कोरोना भाइरसका कारण १०६ जनाको मृत्यु भइसकेको छ । उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको नमुना परीक्षण गर्नसमेत थालिएको जानकारी दिए। यसअघि नेपालमा आवश्यक केमिकल नहुँदा कोरोना भाइरसको आशङ्कामा परीक्षण गर्न हङ्कङ पठाइएको थियो । हङ्कङ पठाइएको व्यक्तिको नमुना कोरोना भाइरस पुष्टि भएको थियो ।

Vianet communication
Laxmi Bank

मानव जातिमा पहिलो पटक
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस पशुहरूबाट मानिसमा प्रसार भई मानिसबाट मानिसमा सर्ने गर्दछ । मन्त्रालयका प्रवक्ता श्रेष्ठले चीनमा नोबेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस भएको भन्दै मानव जातिमा भने पहिलो पटक चीनको उहान प्रान्तमा देखिएको बताए। उनले कोरोना भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारका तीव्र स्वासप्रश्वास सङ्क्रमणसम्म गराउन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने बताए । चीनमा पहिलो पटक देखिएको भाइरस हाल १९ वटा देशमा देखापरिसकेको छ ।

प्रवक्ता श्रेष्ठले नेपालमा कोरोना भाइरस सर्न नदिन उच्च सतर्कता अपनाइएको उल्लेख गर्दै भाइरसले नेपाललाई पार्न सक्ने असरलाई ध्यान दिई विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको जानकारी दिए। उनले काठमाडाैं, लुम्बिनी, पोखरा, चितवन लगायत पर्यटकीय क्षेत्रमा हेल्थडेस्क समेत स्थापना गरिसकेको बताए। उनले ती ठाउँमा आइसोलेसन वार्डको समेत व्यवस्था मिलाइसकेको जानकारी दिए। उहाँले चीनमा अध्ययनरत विद्यार्थीसँग चीनस्थित नेपाली दूतावासमार्फत विच्याट खडा गरी नियमित सम्पर्कमा रहेको उल्लेख गरे।

पुष्टि नभएपछि डिस्चार्ज
यसैबीच शुक्रराज सरुवा रोग अस्पतालमा कोरोना भाइरसको आशङ्कामा उपचार गरिरहेका दुई बिरामीलाई डिस्चार्ज गरिएको छ । उनीहरूमा कोरोना भाइरस नभएको भन्दै अस्पतालले डिस्चार्ज गरेको हो । अस्पताल निर्देशक डा. वासुदेव पाण्डेले दुई जनामा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए । अर्का एक बिरामीको रिपोर्ट पनि नेगेटिभ आएको उनको भनाइ छ ।

चीनबाट आएका व्यक्तिको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको थियो । चीनबाट फर्किएका एक विद्यार्थीमा यसअघि नै कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको थियो ।

के हो कोरोना भाइरस ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना एक भाइरसको समूह हो । जुन भाइरसले मानिसको श्वास प्रश्वासमा असर गर्दछ । कोरोनाले सामान्य रुघाखोकीदेखि निमोनिया गराउने र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई मृत्युसम्म पुर्‍याउँछ । यो पशुबाट मानिसमा सर्ने गर्दछ ।

कोरोना भाइरसका लक्षण

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कोरोना भाइरसमा ज्वरो आउने, श्वासप्रस्वासमा अत्यधिक समस्या हुने, रुघाखोकी लाग्ने, टाउको तथा जिउ दुख्ने हुन्छ । कोरोना भाइरस प्रभावित क्षेत्र तथा देशबाट आउने व्यक्तिमा दुई हप्ताभित्र रुघाखोकी लागेमा चिकित्सकको सल्लाह लिनुपर्ने उनको भनाइ छ ।

उनले भाइरस लाग्न नदिन नियमित रूपमा साबुन पानीले हात धुने, मास्क लगाएर हिँड्ने, गाडीमा यात्रा गर्दा सतर्कता अपनाउनुपर्ने बताए। यस्तै खोक्दा र हाच्छ्युँ गर्दा नाक र मुख छोप्ने, फ्लु जस्तो लक्षण देखिएमा अस्पताल जान सुझाव दिए। जङ्गली तथा घरेलु पशुपन्छीबाट टाढा रहनुपर्ने उनको भनाइ छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x