×

NMB BANK
NIC ASIA

हिजो दिनभर : एमसीसीबारे संसद्‍मा सत्ता–प्रतिपक्ष एउटै स्वर, सभामुख सापकोटाविरुद्ध परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

माघ १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एमसीसीबारे संसद्‍मा सत्ता–प्रतिपक्ष एउटै स्वर : पारित गरौं– ओली, ढिला नगरौं– देउवा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चर्को बहस भएको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को बहस प्रतिनिधि सभामा प्रवेश गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

पुस ४ गते शुरू भएपनि पटक–पटक सूचना टाँसेर स्थगित भएका कारण प्रतिनिधि सभामा यसबारे बहस हुन सकेको थिएन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभामा अनुमोदनका लागि दर्ता भएको प्रस्तावको बारेमा संसद्बाहिर पर्याप्त छलफल भइसकेको छ । 


Advertisment
Nabil box
Kumari

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिने कार्यसूची भएपनि प्रधानमन्त्रीदेखि प्रतिपक्षी दलका नेतासम्मले संसद्मा एमसीसीको बहस प्रवेश गराएका छन् ।

Vianet communication
Laxmi Bank

एमसीसी पारित गर्न प्रतिपक्षी दलले एककदम अगाडि बढेर सरकारलाई आग्रह गरेको छ ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सम्बोधन गरेका प्रधानमन्त्री एवं सत्तारुढ नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले ६ वटा प्रधानमन्त्रीको पालामा प्रक्रिया अगाडि बढेको एमसीसी अनुमोदन गर्नुपर्ने बताए । 

‘हामीले धेरै अगाडिदेखि बढ्दै आएको, विभिन्न चरण पार गर्दै आएको ६/७ वटा प्रमको कार्यकाल गुजार्दै आएको तथा अहिले संसद्समक्ष अनुमोदनका लागि प्रतिक्षा गरेको एमसीसी पारित गर्नु पर्नेछ, जसको सम्बन्धमा सविस्तार पछि भन्नेछु,’ ओलीले भने ।

भोलिदेखि काठमाडौंमा शुरू हुने नेकपा केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा एमसीसी पारित गर्नुपर्ने अभिव्यक्ति दिएर यसबारेको बहस नलम्बाउने संकेत ओलीले गरेका छन् । यसअघि मंसिर अन्तिम साता बसेको नेकपा स्थायी समिति बैठकमा एमसीसीको चर्को बहस भएको थियो । 

प्रधानमन्त्री ओलीलगत्तै बोलेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले एमसीसी अनुमोदनमा विलम्ब नगर्न सरकारसँग आग्रह गरे । आफू प्रधानमन्त्री रहेको समयमा मन्त्रिपरिषद्ले एमसीसी पास गरेको स्मरण गर्दै देउवाले पारित गर्न ढिला गर्न नहुने बताए ।

‘एमसीसी म प्रधानमन्त्री भएको बेलामा क्याबिनेटले पास गरेको हो, यति ठूलो सहयोग अमेरिकाबाट यसअघि कहिले आएको थिएन,’ देउवाले भने, ‘एमसीसी पास गर्न चिनियाँ एम्बास्डरले आपत्ति छैन भनेको छ, अब के आपत्ति भयो ?’

नेपालका बिजुली भारतमा बेच्ने हो भने एमसीसी अगाडि बढाउनुपर्ने र सदनबाट पारित गर्नुपर्ने उनले बताए । एमसीसीमार्फत नेपालमा ५५ अर्ब रुपैयाँ अमेरिकी सहायता आउँदैछ । सरकारले संसद्को हिउँदे अधिवेशनबाट यो सम्झौता अनुमोदनको तयारी गरेको छ । 

मंगलवार नै प्रतिनिधि सभा बैठकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसीको विवाद विषयकेन्द्रित भन्दा पनि पार्टीभित्रको गुटको गन्ध आएको टिप्पणी गरे ।

‘अहिले एमसीसीको जस्तो कुरा आइरहेको छ, म बुझ्छु यसमा एउटा राष्ट्रिय कोणबाट आउनुभन्दा पनि पार्टी विशेषभित्रको गुटको गन्ध त्यसमा देखा परिरहेको छ । यो सुखद् विषय होइन । यस्तो विषयमा गहन छलफलको एउटा नीति निर्माण हुनुपर्छ,’ भट्टराईले भने ।

राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले एमसीसीबारे गम्भीर बहस हुन जरुरी रहेको बताइन् ।

देशलाई बन्धकमा राखेर एमसीसी पारित गर्न नहुनेमा उनको जोड थियो ।

संसदमा 'धक्का' प्रकरण - ओलीले के बोले, देउवाले के बुझे ?

मंगलवार प्रतिनिधि सभा बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष २०२० को प्रसंग निकाले ।

प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्षलाई प्राकृतिक रूपमा धक्का लागेको बताए ।

‘नयाँ वर्षलाई हामीले नेपाल भ्रमण वर्षका रूपमा अगाडि सारेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा शुरूमै हामीले केही धक्काका संकेत देखेका छौं । प्राकृतिक हिसाबले देखापरेका छन्, जसलाई सावधानीपूर्वक अघि बढ्नुपर्ने छ, सरकार त्यसको तयारीका रूपमा लागेको छ ।’ 

धक्काको कुरा गरेपनि भ्रमण वर्षलाई कसरी धक्का लाग्यो भनेर विस्तृतमा भने प्रधानमन्त्री ओलीले खुलाएनन् ।

नेकपाका एक सांसदले चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण पर्यटन भ्रमण वर्षमा धक्का लाग्न सक्ने प्रधानमन्त्रीको आशय हुनसक्ने बताए ।

तर प्रधानमन्त्रीले प्रयोग गरेको 'धक्का' शब्द प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुझेनन् । ओलीले सम्बोधन गरेकै रोष्ट्रममा उभिएर देउवाले प्रश्न गरे, 'प्रधानमन्त्रीले धक्काको कुरा गर्नुभयो, मैले नयाँ कुरा सुने । कसले धक्का दिन सक्छ हामीले पनि हेरौं । कसले दिँदैछ प्रधानमन्त्रीले भन्नुभएको छैन ।’

सम्बोधन सकेर बेलमा फर्केपछि ओली र देउवाबीच केहीबेर भलाकुसारी भयो । देउवा आफ्नो सीटमा बसेपछि देउवातर्फ फर्केर ओलीले केही कुरा भनेका थिए । उनीहरूको ठट्टा सुनेका मन्त्री र सांसदहरू हाँसेको दृश्य देखिएको थियो ।

देउवाको सम्बोधनलगत्तै राष्ट्रिय जनता पार्टी (राजपा)का महेन्द्रराय यादव बोल्न थालेपछि प्रधानमन्त्री ओली उठेर आनो कार्यकक्षतर्फ लागेका थिए ।

 

पहिलो बैठक सञ्चालन गर्दै सभामुख सापकोटाले भने– संसद्को प्रतिष्ठा उच्च राख्न भगिरथ प्रयत्न गर्नेछु

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसद्को प्रतिष्ठा उच्च बनाई राख्न आफ्नो भगिरथ प्रयत्न रहने स्पष्ट पारेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा आफू सभामुख पदमा निर्वाचित भएकामा बधाई तथा शुभकामना व्यक्त गर्ने सम्पूर्ण सांसदप्रति आभार प्रकट गर्दै उनले सदनलाई सफलताका साथ सञ्चालन गर्न हरसम्भव प्रयासरत रहने उल्लेख गरे ।

उनले सदनको कामकारवाही अगाडि बढाउन सबै राजनीतिक दल र सांसद सदस्यबाट सदैव सकारात्मक सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरे ।

यसैगरी प्रतिनिधिसभाको आजको बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नामसमेत मनोनयन गरेको छ ।

बैठकमा सभामुख सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका थिए भने सो प्रस्तावलाई बैठकको सर्वसम्मतिले अनुमोदन गरेको छ । 

अध्यक्षता गर्ने सदस्यहरूमा उमाशंकर अरर्गरिया, चन्द्रकान्ता चौधरी, डा. डिला सङ्ग्रौला, मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली, रेखा शर्मा र सोमप्रसाद पाण्डे रहेका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक यही माघ १७ गते बिहान ११ बजे बस्नेछ ।

सभामुख सापकोटाविरुद्ध परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश भने जारी गरेको छ ।

त्रिपाठीले सापकोटा सभामुख हुन अयोग्य रहेको जिकिरसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश किन जारी नगर्ने भनेर विपक्षीका नाममा कारण देखाउ आदेश जारी भएको सर्वोच्च अदालत स्रोतले लोकान्तरलाई जानकारी दियो ।

यता रिट निवेदक वरिष्ठ अधिवक्ता त्रिपाठीले भने घटनाको अनुसन्धानका लागि बाटो खुलेको जिकिर गरे ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप सापकोटामाथि छ ।

'मृतक लामाकी पत्नी पूर्णीमाया न्यायका लागि भौंतारिएको अवस्थामा यससँग सम्बन्धित सबै प्रतिवेदन पेश गर्नु भनेर सर्वोच्चले भनेको छ,' अधिवक्ता त्रिपाठीले लोकान्तरसँग भने, 'अदालतको आदेशले प्रहरीलाई अनुसन्धानका लागि बाटो खोलिदिएको छ ।'

त्रिपाठीले सभामुखका लागि अयोग्य भन्दै रिट दायर गरेपनि सापकोटाले भने सभामुख निर्वाचित भएर पहिलो बैठक समेत सञ्चालन गरिसकेका छन् ।

आस्था राउत ४ हजार धरौटी तिरेर रिहा

सामाजिक सञ्जालमार्फत् प्रहरीलाई गालीगलौज गरेको अभियोगमा पक्राउ परेकी गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतलाई धरौटीमा रिहा गरेको हो ।

त्यसअघि प्रहरीको रायमा घटनाको अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अभियोगपत्र दायर गरेको थियो ।

सिक्किम जानेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठले आफूलाई 'तँ' भनेको भन्दै गायिका राउतले फेसबूक लाइभमार्फत् विभिन्न अपशब्द प्रयोग गरेकी थिइन् ।

प्रहरी जवान श्रेष्ठको उजुरीमा राउतविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । त्यसपछि उनी सोमवार आफैं प्रहरीमा उपस्थित भएकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x