×

NMB BANK
NIC ASIA

वुहानबाट आएका शंकास्पद बिरामीको मात्रै कोरोना परीक्षण

माघ १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले अब चीनको कोरोना प्रभावित सहर वुहानबाट आउने शंकास्पदको मात्रै कोरोना परीक्षण गर्ने निर्णय गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना भाइरस परीक्षण सुरु भएको पहिलो दिन सोमबार नै ५० किट सकिएपछि जथाभावी प्रयोग रोक्न मापदण्ड बनाएको हो ।

Sagarmatha Cement
Muktinath Bank

‘बिरामीलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भए मात्रै कोरोना भाइरस परीक्षण गरिनेछ, त्यो पनि वुहानबाटै आएको हुनुपर्छ,’ सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोलाले भने, ‘जसको पनि जथाभावी परीक्षण हुन थालेपछि विश्वस्वास्थ्य संगठनको मापदण्ड अपनाइएको हो ।’ मंगलबारदेखि नै मापदण्ड लागू भएको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमबार धमाधम गरिएका परीक्षणको रिपोर्ट नेगेटिभ आएकाले पनि मापदण्ड बनाएको हो । टेकु अस्पताल भर्ना भएका शंकास्पद चारजनाकै रिपोर्ट नेगेटिभ आएको र उनीहरूलाई डिस्चार्ज गरिएको डा. बास्तोलाले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्थापना भएको ६ वर्षपछि सोमबार बिएसएल ल्याब थ्री सञ्चालनमा ल्याई परीक्षण सुरु गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

‘नेपालमा एक नेपालीबाट अर्को नेपालीमा कोरोना भाइरस सरेको छैन, रुघाखोकी लाग्दैमा डराउनुपर्दैन,’ डा. बास्तोलाले भने । वुहानबाट आएका व्यक्तिमा १४ दिनभित्र कोरोनाको जस्तो लक्षण देखिए सीधै अस्पतालमा सम्पर्क गर्न उनले आग्रह गरे । 

Vianet communication
Laxmi Bank

कोरोना संक्रमित क्षेत्रमा नपुगेका मानिसमा रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिनु इन्फ्लुएन्जा हुन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखका निर्देशक डा. विवेककुमार लालले बताए । ‘वुहानसहित चीनको संक्रमित क्षेत्र नपुगेको व्यक्तिलाई रुघाखोकी लाग्दैमा कोरोना परीक्षण आवश्यक छैन,’ डा. लालले भने, ‘उनीहरूको इन्फ्लुएन्जाको परीक्षण गर्नुपर्छ, अस्पतालमा अनावश्यक भिड नगर्नुहोला ।’  नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x